गायिका कमला सापकोटाको ‘ झिम झिम झिम नझिम्काउ परेली ‘ तिज कोशेली

हरेक बर्षझैँ हिन्दु नारीहरुको महान चाड तीज नजिकिदै गर्दा यस वर्षपनि तीजमा आधारित विभिन्न गीत निस्कने क्रम बढेको छ । यसै बीच गायिका कमला सापकोटाले आफ्नो श्रोता माझ “ झिम झिम झिम नझिम्काउ परेली “ गीति म्युजिक भिडियो लिएर आएकी छिन् । रचना घनसिंह गिरीको शब्द रहेको उक्त गीतमा गायिका सापकोटा आफैले संगीत दिएकी हुन्भने अरेन्ज पावल चामलिंगराईले गरेका हुन् ।


नृत्यको साथसाथै ठत्यौली शैलीमा तयार पारिएको भिडियोमा बिनु शाक्य, बिशाल थापा, सरिता कुवर, रबिना अम्गाई लगायतको अभिनय अनि नृत्य देखन सकिन्छ । भिडियोलाई ओम प्रसाइले छायांकन गरेका हुन् भने सम्पादन दिपक बिस्तको रहेको छ । भिडियोलाई गायिका सापकोटा आफैले निर्देशन गरेकी हुन् । भिडियोको कोरियोग्राफी नृत्यकार तथा मोडेल बिनु शाक्य र गायिका सापकोटाले गरेका हुन् ।
भिडियो हेर्नुहोस् ।।।।

https://www.youtube.com/watch?v=cExIvMJ4GAI