चन्द्रागिरि सरोकार समाजद्वारा पैदल यात्रीलाई खाजा, पानी वितरण गर्दै

काठमाडौं । पछिल्लो समय उपत्यकामा बस्दै आएका सर्वसाधारणहरु पैदल यात्रा गरी आफ्नो गृह जिल्ला फर्कने क्रम बढ्दो छ । दोस्रो पटक थप गरिएको लकडाउनपछि झन् उपत्यका छाड्नेको संख्यामा वृद्धि नै भएको छ । सो क्रम आज लकडाउनको २४ औं दिनसम्म पनि जारी छ । यस्तो अवस्थामा त्रिभुवन राजमार्ग हुँदै गृह जिल्ला फर्किरहेका पैदल यात्रीहरुलाई चन्द्रागिरि सरोकार समाजले आवश्यक खाजा ,पानी सहयोग गरिएको छ साथै यात्रीहरुलाई यात्रामा सहज हुने गरी चाउचाउ, पानी, बिस्कुटका साथै मास्क उपलब्ध गराइएको हो ।