चन्द्रागिरि ६ ले “वडाको काममा सहभागी बनौ राहत होइन पारिश्रमिक लिऔं” भन्ने अभियान संचालन गर्ने


काठमाडौं बैशाख २८। चन्द्रागिरि नगरपालिका वडा नं ६ले “वडाको काममा सहभागी बनौ राहत होइन पारिश्रमिक लिऔं” भन्ने अभियान संचालन गर्ने भएको छ ।

वडाले वडा भित्र स्थायी/अस्थायी बसोबास भएका अनौपचारिक क्षेत्रमा दैनिक ज्यालादारी गरि खाने नागरिकहरु जसलाई यो लकडाउनको समयमा आय आर्जन नहुँदा हात मुख जोर्ने समस्या भएको छ उनीहरुलाई भिडभाड  गरि राहत बाढ्ने, खाना खुवाउने गर्दा झन् सङ्क्रमणको जोखिम बढ्ने सम्भावना भएकोले उनीहरुको स्वाभिमान पनि उठ्ने गरि वडा कार्यलयले समस्या ग्रस्त परिवारको एक सदस्यलाइ कामको प्रबन्ध गरेको हुँदा वडा कार्यलयमा सम्पर्क गर्न वडा अध्यक्ष संजय सिग्देलले अनुरोध गरेका छन ।

नेपाल सरकार मन्त्रि परिषदको निर्णय बाट सामाजिक दुरी कायम गरि कलकारखाना, विकास निर्माण तथा मर्मत सम्भारका कार्यहरु सुचारु गर्ने गरि श्रम क्षेत्रलाइ खुकुलो पार्दै लैजाने निर्णय भएकोले चन्द्रागिरी नगरपालिका वडा नं ६ मा  उक्त अभियान संचालन गर्न लागिएको पनि बताए ।


Comments

comments