चन्द्रागिरि नगरपालिका वडा नं ६ मा घर घरमा गएर स्वास्थ्य परीक्षण गर्दै

चन्द्रागिरि नगरपालिका वडा नं ६ का वडा अध्यक्ष लगायत जनप्रतिनिधि स्वास्थ्य कर्मी ,स्वयं सेविका/ स्वयं सेवक हरुले टोल टोलमा गई स्वास्थ्य परीक्षण ( ज्वरो नाप्ने),स्वास्थ्य सम्बन्धी सम्पूर्ण जानकारी लिन सुरु गरेको छ। स्थानीय बासिन्दामा कसैको स्वास्थ्य सम्बन्धी समस्या देखिएमा ओषधि उपलब्ध गराउने र कोरोना को लक्ष्यण देखेमा स्वास्थ्य चौकीमा सम्पर्क गराई दिने र प्रत्येक घरको डाटा लगायत जनसंख्या टिपोट गर्ने साथै विपन्न मजदुर घर परिवार जसलाई राहत बितरण क्रममा छुतिएको हरुकाे नामावली टिपोट गर्ने काम सुरुवात गरिएको हो।