
- 700Shares
चन्द्रागिरि नगरपालिका वडा नं ४ थानकोट गोदाम स्थित प्राथमिक अस्पताल समुद्घाटन समारोह नगर प्रमुख घनश्याम गिरीको सभाध्यक्षतामा ३ नं प्रदेश सरकारका मुख्यमन्त्री माननीय डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा, संघीय प्रतिनिधिका माननीय सांसद कृष्णगोपाल श्रेष्ठ , राजेन्द्र कुमार(राजन) के.सी. लगायतका अन्य प्रतिनिधि सभा एवं प्रदेश सभाका माननीय सांसदहरू र दक्षिणकाली नगरपालिका नगर प्रमुखको विशेष आतिथ्यतामा, चन्द्रागिरि नपा नगर उपप्रमुख,प्रवक्ता लगायतका अन्य, जनप्रतिनिधिहरू, स्वास्थ्यकर्मीहरू, सुरक्षा प्रमुखहरू तथा समाजका लब्धप्रतिष्ठित समाजसेवीहरू समेतको आतिथ्यतामा चन्द्रागिरि न.पा निवासी समआदरणीय व्यक्तित्वहरूको उपस्थितिका बीच प्रमुख अतिथि ज्यू बाट मंगलधुनका साथ द्धिप प्रज्वलन पश्चात १५ शैयाको प्राथमिक अस्पतालको ताम्रपत्र अनावरण/निरीक्षण गरि उद्घाटन गर्नु भयो।
थानकोटका स्थानीयबासी अस्पताल संचालन भएकोमा उत्साहित छन् । अस्पतालले २४ घण्टा बर्थिङ सेन्टर उपलब्ध गराउँदै आएको छ । यो अस्पताल ९० रोपनी क्षेत्रफल भएको जग्गामा निर्माण भएको छ ।
फोटो सौन्जय: राजेन्द्र केसी (च.न.पा. वडा १ का वडा अध्यक्ष)
- 700Shares
Comments
