अचाक्ली धुलो उड्न थालेपछि पानी छर्कने निर्णय

चन्द्रागिरि ।

कलंकी-नागढुङ्गा सडक विस्तारका क्रममा ढिलाइ हुँदा यस क्षेत्रको जनजीवन अस्तव्यस्त हुन थालेको छ । सडक जाम हुनु त नियमित तालिका जस्तै भएको यस क्षेत्रमा धुलो उड्ने क्रम पनि निरन्तर बढिरहेको छ । बिहीबार काठमाण्डाै उपत्यका सडक अायोजना प्रमुख दिपक केसीको कार्यकक्षमा बसेको बैठकले तत्कालका लागि धुलो कम गर्न दैनिक ३ पटक पानी हाल्ने निर्णय गरेको चन्द्रागिरि नगरपालिका उपप्रमुख लिशा नकर्मीले चन्द्रागिरन्यूजलार्इ जानकारी दिइन् ।