कलंकी-नागढुङगा सडकः ६ किलोमिटर सडक असार अघि नै कालोपत्रे

काठमाडौं । कलंकी–नागढुंगा सडकको आधा भाग असार अघि नै कालोपत्रै हुने भएको छ । उपत्यका सडक विस्तार आयोजनाका सूचना अधिकारी विश्व विजयलाल श्रेष्ठका अनुसार कलंकी–नागढुंगा सडक खण्डको आधा भागमा असार अघि नै कालोपत्रै गर्ने योजनासहित काम अघि बढाइएको हो ।

‘जाडो महिना सकियो अब कालोपत्रेको काम सुरु हुन्छ, अदालती झमेला नभएका ठाउँमा कालोपत्रे गर्ने काम असार अघि नै सक्ने गरि अघि बढेको छ’, श्रेष्ठले भने । १२. ५ किलोमिटर लामो सडकको आधा खण्डमा भने दजर्नाै मुद्धा परेका थिए । स्थानीय मासिन्दाले मुआब्जा माग्दै अदालत गुहारेपछि सर्वाेच्च अदालतले असोज १२ गते पुर्णकालिन फैसला गरेको थियो । तर अदालतले अझैसम्म फैसालको पुर्णपाठ जारी नगरेकाले सो सडक विस्तार अघि बढ्न सकिरहेको छैन् ।

यस अघि सडक विस्तार आयोजनाले यथास्थितिमै सडक विस्तारको काम अघि बढाउने योजना अघि सारेको थियो । तर भौतिक पुर्वाधार मन्त्रालयले गलत नजिर बस्ने भन्दै स्विकृति नदिएपछि काम रोकिएको थियो ।

हाल ६ किलोमिटर सडकमा पर्खाल र फुटपाथ बनाउने काम सम्पन्न भैसकेको छ । अब पिच गर्नु भन्दा अघिको पुर्व तयारीको काम सुरु गर्ने श्रेष्ठले बताए ।‘अदालती अवरोध नभएको ठाउँका नागरिकले असार अघि नै धुलो र हिलोबाट मुक्ति पाउनेछन्, हामी कालोपत्रे गरिसक्छौं’, श्रेष्ठले भने ।

साभार: विकास न्युज