चन्द्रागिरि नगरपालिकाका दुई स्थानमा राखिएकाे प्रेसरकुकर वम नेपाली सेनाले निस्कृय ।

राेसन दानी ।

काठमाडौ / २९ साउन

राजधानीकाे चन्द्रागिरि नगरपालिकाका दुई स्थानमा राखिएकाे प्रेसरकुकर वम नेपाली सेनाले निस्कृय गरेकाे छ ।

चन्द्रागिरि नगरपालिकाकाे वाडभञ्ज्याङ्ग २ महाशत्ति पेट्रोल पम्प नजिकै र सतुङ्गलकाे सिप्रदी नजिकै भेटिएकाे प्रेसरकुकर वम नेपाली सेनाले निस्कृय गरेकाे हाे ।

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बन्द आह्वान गरेको दिन बिहानैदेखि उपत्यकाका विभिन्न स्थानमा भेटिएको बमले सर्वसाधारण त्रसित वनाएकाे हाे ।

अज्ञत समूहले मानिसहरुको पातलो उपस्थिति रहेको र सुनसान एरिया छानेर शंकास्पद वस्तु राखेकाअज्ञत हुन ।

उपत्यकामा भेटिएका सबै स्थानका बम निष्क्रिय पारिएकाे छ । ‘कतिपय स्थानमा प्लास्टिकको झोलामा खतरा लेखिएको वस्तु देखिएकोमा ती सबै डिस्पोज भइसकेको छ’, महानगरीय प्रहरी परिसरका विश्व पोखरेल वताए ।

नेपाली सेनाकाे टाेलीले सुन्दरीजल नयाँ पाटीमा राखिएकाे वम पनि निस्कृय गरेकाे प्रहरीले वताएकाे छ ।

पाेखरेलका अनुसार, पोखरेलले भने, ‘त्रास देखाउने प्रयास मात्र देखिएको छ । डराउनु पर्ने स्थिति छैन ।’

उनले राजधानीको शान्ति, सुरक्षा मजबुत बनाइएको बताउँदै व्यापक प्रहरी परिचालित भएको पनि बताए ।

प्रहरीले शंकास्पद वस्तु राख्दै हिँड्ने विप्लव समूहका दुई जनालाई पक्रेको छ । जमलमा प्रेसरकुकर वम सहित दुईलाई नियन्त्रणमा लिई अनुसन्धान थालेकाे छ ।