चन्द्रागिरि नगरपालिकाले कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि सडकमा ‘डिस्इन्फेक्टेन्ट स्प्रे’ छर्किन शुरु

काठमाडौं ।  चन्द्रागिरि नगरपालिकाले कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि सडकमा ‘डिस्इन्फेक्टेन्ट स्प्रे’ छर्किन शुरु गरेको छ।

‘डिस्इन्फेक्टेन्ट स्प्रे’ले भाइरसलाई निश्क्रिय तथा नष्ट गर्ने गर्दछ।नगरप्रमुख घनश्याम गिरी, नगर प्रवक्ता हरिभक्त महर्जन र मेजर यलुङ् हाङ् राईले प्रत्यक्ष फिल्डमा उत्रेर हाइवे र भित्री बाटो दायां बायां स्प्रे गर्ने कामको शुरुवात गर्नुभयो। सेनाले नगरपालिकालाई तीन सेक्टरमा बिभाजन गरि लगातार स्प्रे गर्ने कार्यलाई निरन्तरता दिने जानकारी गराएको छ।

फोटो सोजन्य: भुवन गिरि