दाेश्राे चन्द्रागिरी महाेत्सवकाे अवसरमा चन्द्रागिरी डान्स प्रतियोगिता हुने

दाेश्राे चन्द्रागिरी महाेत्सवकाे अवसरमा चन्द्रागिरी डान्स अाईडल हुने भएकाे छ । चन्द्रागिरी नगरपालिकाकाे मुख्य अायाेजना र देवदर्शन मिडिया ग्रुपकाे अायाेजनामा सुरू हुन लागेकाे महाेत्सवमा चन्द्रागिरी डान्स अाईडल हुन लागेकाे हाे । उत्त डान्स प्रतियोगितामा पुरूष तथा महिला एकल नृत्य प्रतियोगिता हुने अायाेजकले वताएकाे छ । चन्द्रागिरीकाे सवाङ्गिन विकास गराैं कला संस्कृतिको जगेना गर्दै प्रकृति साैन्दर्यताले चन्द्रागिरीकाे पहिचान गराउ भने मुल नाराका साथ सुरू हुन लागेकाे महाेत्सवमा चन्द्रागिरी डान्स अाईडल हुनेे जनाएको छ ।

चन्द्रागिरी डान्स खुल्ला नृत्य प्रतियाेगितामा प्रथम हुनेले २५ हजार राशी पुरस्कार,दाेश्राे हुनेले १५ हजार,तेस्रो हुनेले १० हजार, चाैथाे हुनेले ५ हजार पाँचाै हुनेले ३ हजार पुरस्कार पाउने छन् भने उत्कृष्ट भेष भुषा ३ हजार उत्कृष्ट प्रस्तुति ३ हजार र उत्कृष्ट नृत्य निर्देशक ३ हजार पाउनेछ ।