नियम विपरीत कार्यालय समय परिवर्तन

चन्द्रागिरि नगरपालिले नियमविपरीत वडा कार्यालयहरूको कार्यालय समय फेरेको पाइएको छ।
चन्द्रागिरि नगरपालिकाको कार्यपालिका बैठकले नियमविपरीत कार्यालय खुल्ने समय फेरेको हो । गत कात्तिक २९ गतेको कार्यपालिका बैठकले मंसिर ७ गतेदेखि लागू हुने गरी नगरपालिकाका १५ वटै वडामाकार्यालय समय बिहान७ बजेदेखि दिउँसो १२ बजेसम्म तोक्ने निर्णय गरेको थियो।

नगर कार्यपालिका बैठकको निर्णयअनुसार हाल सबै वडाले बिहान७ देखि दिउँसो १२ बजेसम्म कार्यालय खोल्दै आएका छन् । सरकारले तोकेको भन्दाफरक र कम समय मात्र कार्यालय खोल्दा सेवाग्राही मर्कामा परेका छन् । नेपाल सरकारले जाडो मौसममा बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म कार्यालय समय तोकेको छ।

स्थानीय सरकार सञ्चालन ऐन–२०७४ मा स्थानीयतहले छुट्टै कार्यालय समय तोक्नपाउने व्यवस्था गरेको छैन । यसरी छुट्टै कार्यालय समय तोक्नपाउने व्यवस्थानभएकाले हालचन्द्रागिरि नगरपालिकाले गरेको निर्णय गैरकानुनीहुने देखिन्छ।

अरु बेलाभने बिहान १० बजेदेखि ५ बजेसम्मकार्यालय खोल्नुपर्ने नियम छ । चन्द्रागिरिनगरपालिका अन्तर्गतका वडाले बिहान मात्र कार्यालय खोल्दाटाढा–टाढाबाट आउने सेवाग्राहीले हैरानी खेप्नुपरेको छ।

वडा कार्यालयले पूर्वजानकारी नदिई कार्यालय समय फेर्दा आफूले सास्ती खेपेको सेवाग्राही कृष्णप्रसाद ढुंगानाले बताए। ‘जग्गाको चार किल्ला कायम गराउन बिहीबार सवा १ बजे वडा कार्यालय पुगेको थिएँ, त्यहाँ त कोही कर्मचारी नै भेटिएनन्,’ उनले भने,‘स्थानीय तहले यसरी मनोमानी ढंगले कार्यालय समय फेर्दा हामीले सास्ती भोगिरहेका छौँ ।’

उनले जनप्रतिनिधिले आफ्नो व्यक्तिगत कामका लागि कार्यालय समय फेरेको आरोप लगाए । ‘सरकारले तोकेको समयसम्म सेवा नदिनेलाई कारबाही गर्नुपर्ने भएपनि कसैले चासो दिएको देखिँदैन,’उनले भने, ‘टाढा–टाढाबाट आउनेको मर्का कसले बुझिदिन्छ ?’

‘जनप्रतिनिधिलाई सरकारले तोकेको समयावधि तोड्न मिल्दैन भनेर बारम्बार सम्झायौँ, उनीहरूले मानेनन्,’ नगरपालिकाका एककर्मचारीले भने,‘संघीय मामिलातथा स्थानीयविकास मन्त्रालयबाट मौखिक रूपमा कार्यालय समयको अवधि फेरेर के गाईजात्रा गरेको भन्ने कुरा आइरहेको छ।’

संघीय मामिलातथा स्थानीयविकास मन्त्रालयकाप्रवक्ता रुद्रसिंह तामाङसरकारले तोकेको समयअनुसार नै स्थानीयतहले कार्यालय खोल्नुपर्ने बताउँछन् ।‘अन्य सरकारी कार्यालयजस्तै स्थानीयतहले पनि १० बजेदेखि ४ बजेसम्मकार्यालय खोलेर सेवाग्राहीलाई सेवा दिनुपर्छ,’ उनले भने,‘सरकारले तोकेको समयभन्दा धेरै समय सेवाउपलब्ध गराउन पाइन्छ तरतोकेको समयभन्दा घटाउन पाइँदैन।’

उनले चन्द्रागिरिनगरपालिकाले कार्यालय समय परिवर्तन गरेको विषयमाआफू जानकार नभएको बताए । ‘स्थानीयतह सरकारकै एक महत्त्वपूर्ण अंगहो,’ उनले भने,‘त्यसैले सरकारले तोकेको समयमै कार्यालय सञ्चालनगर्नुपर्छ, फेर्न पाइँदैन।’

गृहमन्त्रालयकाउपसचिव यज्ञराजबोहरा पनिकार्यालय समय फेर्न नपाइने बताउँछन् । ‘सरकारले आधिकारिक निर्णय गरेर नै कार्यालयको समय तोक्ने गर्छ, त्यसैको आधारमा सरकारी कार्यालय खोल्नुपर्ने हुन्छ,’ उनले भने,‘सरकारी कार्यालयले आफूखुसीकार्यालय समय तोक्नमिल्दैन, त्यस्ताकर्मचारीलाई ऐनअनुसार कारबाहीहुन्छ।’

चन्द्रागिरि नगरपालिका– १का वडाध्यक्ष राजेन्द्र केसी भने नगर कार्यपालिकाबैठकले नै वडा कार्यालयहरूबिहान७बजेदेखि दिउँसो १२ बजेसम्मखोल्ने निर्णय गरेको बताए । ‘बैठकले निर्णय गरेर मंसिर७गतेदेखि बिहान७बजेदेखि १२ बजेसम्मकार्यालय सञ्चालनमाल्याएका छौँ,’ उनले भने, ‘नजिकका सेवाग्राहीबिहानै कार्यालय खुल्दाखुसी छन्, वडा कार्यालयभन्दा टाढा बस्नेले भने कार्यालय खुल्ने समय थाहानपाउँदा केही समस्याभोगेको महसुस गरेका छौँ।’

उनकाअनुसारबिहानै कार्यालय खोलेसँगै सेवाग्राहीले नागरिकता,घरजग्गा, नक्सापाससिफारिस लगायतकामबिहानै भ्याएका छन् । त्यसपछिउनीहरू अन्य सम्बन्धित सरकारी कार्यालयमापुगेर काम गराउन सक्ने उनको तर्क छ।
चन्द्रागिरिनगरपालिकाका सूचनाअधिकारी दीपककुमार उपाध्यायले कार्यपालिका बैठकको निर्णयअनुसार वडाको मात्रकार्यालय समय फेरिएको बताए । ‘नगरपालिकाको समय भने यथावतछ,’ उनले भने,‘समय फेर्दा कर्मचारीले समेत हैरानीपाएको गुनासो गरेका छन्।’

स्थानीय सरकार सञ्चालन ऐन–२०७४ मा स्थानीयतहले छुट्टै कार्यालय समय तोक्नपाउने व्यवस्था गरेको छैन । यसरी छुट्टै कार्यालय समय तोक्न पाउने व्यवस्थानभएकाले हालचन्द्रागिरि नगरपालिकाले गरेको निर्णय गैरकानुनीहुने देखिन्छ।
यसअघिको स्थानीय कानुन स्थानीय स्वायत्तशासन नियमावली–२०५६ को दफा २४० ले स्पष्ट रूपमा नेपाल सरकार स्थानीय निकायले तोकेको समयमाकर्मचारी उपस्थितहुनुपर्ने व्यवस्था गरेको थियो।

सरकारी नियमअनुसार कुनैपनि सरकारी कार्यालयको समय ६ घन्टा हुने गर्छ । तर, चन्द्रागिरि नगरपालिकाले भने त्यस नियमलाई समेत धज्जी उडाउँदै हालपाँच घन्टा मात्रकार्यालय समय तोकेको छ । सेवाग्राहीलाई सेवादिन समय अपुग भए कार्यालय समय बढाउन मिल्ने व्यवस्था छ । तर, कार्यालय समय घटाउनु भने गैरकानुनी हो।

नागरिक