Chandragirinews edmark नागढुङ्गा नाकाबाट लागुअाैषध सहित तीनजना पक्राउ बाद भन्ज्यांग मुख्य    chandragiri, chandragiri news, chandragiri hills, chandragiri cabel car, thankot, satungal, naikap, balambu, matatirtha

चन्द्रागिरि ।

उपत्यका भित्रिने प्रमुख नाका थानकोट नागढुङ्गाबाट लागुऔषधसहित तीन जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्सा जगरनाथपुर– ३ विजवनीयाका रामेश्वर साह, पर्सा सुवर्णपुर– ४ का रोज राना र सर्लाही हरिओन – ९ का प्रदीप यादव रहेका छन् ।
महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको टोलीले लागुऔषध सहित काठमाडौँ आउँदै गरेको अवस्थामा छुटाछुट्टै बसबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले साह र रानालाई वीरगन्जदेखि बनेपा आउँदै गरेको ना ४ ख १९५१ नम्बरको बसबाट साह र रानालाई तथा ना ४ ख ७१९० नम्बरको बसबाट यादवलाई पक्राउ गरेको हो ।

साहको साथबाट ११४ एम्पुल फेनार्गन, ४६ एम्पुल डाइजेल्याब, रानाबाट एक हजार ४९८ थान नाइट्राजेपाम ट्याब्लेट र यादवबाट १९२ थान ट्रमाजोल ट्याब्लेट पक्राउ गरेको प्रभागका प्रमुख एवम् प्रहरी निरीक्षक ऋषिराम घर्तीमगरले राससलाई जानकारी दिए । प्रभागले घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

Chandragirinews ad1 नागढुङ्गा नाकाबाट लागुअाैषध सहित तीनजना पक्राउ बाद भन्ज्यांग मुख्य    chandragiri, chandragiri news, chandragiri hills, chandragiri cabel car, thankot, satungal, naikap, balambu, matatirtha
Chandragirinews chandragiri नागढुङ्गा नाकाबाट लागुअाैषध सहित तीनजना पक्राउ बाद भन्ज्यांग मुख्य    chandragiri, chandragiri news, chandragiri hills, chandragiri cabel car, thankot, satungal, naikap, balambu, matatirtha

Comments

comments