“काममा आल्टाल गर्ने ठेकेदारलाई सरकारले कार्भाही अघि वढाईसकेकोले अब चुप लागेर नवस्ने” गृहमन्त्री रामवहादुर थापा

चन्द्रागिरि, गृहमन्त्री रामवहादुर थापाले देशमा गुण्डा,तस्कर र अपराधिक गतिविधिमा संलग्नहरुको दिनगन्ती सुरु भएको बताउनुभएको छ । काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर २ ले आयोजना गरेको फ्रि वाईफाई वडा घोषणा कार्यक्रममा वोल्दै गृहमन्त्री थापाले देशमा अराजकता,दण्डहीनता भष्ट्रचार,लागुऔषध तस्करी गुण्डागर्दि जस्ता समाजको लागि दुषित भएको भन्दै त्यस्ता व्यक्तिहरूको दिनगन्ती सुरु भएको बताउनुभएको हो । उहाले सुशासन विना विकास र समृद्धि हुन नसक्ने वताउदै आर्थिक अनियमितता गर्ने गराउने र भष्ट्रचारीहरूलाई शसत्त रूपमा कार्भाही गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । मन्त्री थापाले वैदेशिक रोजगारीका दलाल सुन तस्कर ,घुस खोर सिन्डिकेटधारीहरूलाई कारवाही अगाडि वढाईसकेको जानकारी पनि दिनुभयो । मन्त्री थापाले काममा आल्टाल गर्ने ठेकेदारलाई सरकारले कार्भाही अघि वढाईसकेकोले अब चुप लागेर नवस्ने बताउनुभयो । कार्यक्रममा चन्द्रागिरि नगरपालिका मेयर घनश्याम गिरीले कंलकी नागढुङ्गा सडक चाडो नवने सम्म नगरपालिको विकासमा वाधा पुग्ने वताउदै काम नगर्ने ठेकेदार प्रती सरकारको ध्यान जान जरूरी रहेको बताउनुभएको थियो । त्यस्तै कार्यक्रममा प्रदेश सभा सांसद रमा आले मगरले देशको आर्थिक समाजिक रूपान्तरणमा युवाहरूको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो । त्यस्तै चन्द्रागिरि नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष गोपी सुर्खेतीले सरकारले स्थानीय जनताको सुरक्षाको प्रत्याभूत गर्नुपर्ने बताउनुभयो ।

तस्बिर: सुन्दरी तामांग