चन्द्रागिरी नगरका निर्वाचित पदाधिकारीहरुद्वारा जनप्रतिनिधि आकस्मिक कोषको स्थापना

चन्द्रागिरी बनभोज कार्यक्रम चोभारको मन्जुश्री पार्कमा चन्द्रागिरी नगरपालिकाका जनप्रतिनिधिहरु द्वारा ब्यक्तिगत खर्च संकलन गरि आयोजना गरिएको थियो ! नगर प्रमुख घनश्याम गिरिको प्रमुख आतिथ्यमा औपचारिक कार्यक्रम गरि जनप्रतिनिधिहरु सामाजिक रुपान्तरणका लागि अतिनै ब्यस्त रहने हुँदा ब्यक्तिगत रमाइलो कार्यक्रमहरुमा त्यति सरिक हुने मौका बिरलै हुने हुदा सम्पुर्ण जनप्रतिनिधिहरु को चहाना अनुसार तनाब ब्यब्स्थापन र महत्वोपुर्ण घोषणा गर्ने उध्यस्यका साथ यस कार्यक्रमको आयोजना गरिएको वडा नम्बर २ का सदस्य तथा कार्यक्रम ब्यब्स्थापन कमिटीका सचिब मधुकर बस्नेत बाट जानकारी प्राप्त भयो साथै उक्त कार्यक्रम बनभोज मात्रै नभएर नबिनतम कार्य थालनीको अबसर पनि रहेको बताए ,उक्त कार्यक्रम द्वारा” जनप्रतिनिधि आकस्मिक कोष” खडा गरिएको छ , सम्पुर्ण नगरसदस्यज्यु हरुबाट ब्यक्तिगत रु ४०० संकलन गरि आकस्मिक कोष स्थापना गरिएको हो उक्त कोषबाट जनप्रतिनिधिहरुमा आइपर्ने आकस्मिक समस्याहरुमा सहयोग गर्ने तथा दिन दुखी नगरबासीहरुको सहयोगको निम्ती पनि कोष खडा गरिएको बताउछन। साथै बनभोज कार्यक्रमको अबसरमा भ्रमण बर्ष २०२० लाई चन्द्रागिरि नगर ले उत्सवको रुपमा मनाउनु पर्ने जिकिर पनि गरिएको थियो । जनप्रतिनिधिहरुको यस किसिमका क्रियाकलापहरुले जनप्रतिनिधिहरुलाई अक्सर लाग्ने आरोपहरुलाई चिर्न केही हद सम्म चन्द्रागिरी नगरका जनप्रतिनिधिहरुले सुरुवात गरेका छ्न।