चन्द्रागिरी २ कै ” मसिने ” लाई इको स्यानिटेशन भिलेजको रुपमा पर्यटकिय गन्तव्य बनाउन होम स्टेको अबधारणा

चन्द्रागिरी २ को बृहत्तर बिकासको गतिमा साथ दिन गुरु रिम्पुचे ट्रस्ट आफ्नो टिम सहित पुग्यो डाडै डाडाको वडा चन्द्रागिरी -२ , बुद्ध शान्ती पार्कको कन्सेप्ट अनुसार प्रख्यात पातलेबन हाइटमा १०० फिट अग्लो बुद्ध भगवानको मुर्ती सहित बोटानिकल गार्डेन , योग साधना सहितको आधुनिक कन्फरेन्स हल सहितको शान्तीपार्क निर्माणको पहलकदमी जोडटोडले भइरहेको छ , यस किसिमको दुर्गामी पर्यटनमुखी पुर्वाधार निर्माणले पक्कै पनि बिकट र ग्रामिण मानिएको बार्डभञ्ज्याङ् अर्थात अहिलेको चन्द्रागिरी नगरपालिका वडा नम्बर २ को बिकासमा टेवा पुर्याउने अनुमान गरिएको छ , यस अघिनै चन्द्रागिरी २ कै ” मसिने ” लाई इको स्यानिटेशन भिलेजको रुपमा पर्यटकिय गन्तव्य बनाउन होम स्टेको अबधारणा अगाडि बढाइ सकेको छ । मसिने चन्द्रागिरी नगरकै बिकट तर प्राकृतिक सौन्दर्यले भरिपुर्ण तामाङ जतिको थाक थलोकि रुपमा गणेश हिमाल शृङ्खला लाई नियाल्दै उभिएको छ ।