“मेहनतको फल पाक्ने बेला भयो “

चन्द्रागिरी,

काठमाडौ उपत्यकाकै दुर्गम अझै भनौ काठमाडौको कर्णाली भनेर परिभाषा गर्ने गरिन्थ्यो तर त्यो कर्णालीको उपनाम पाएको गाउँ कर्णाली नभाइकन काठमाडौको चन्द्रागिरी नगरपालिका को एक महत्वपूर्ण स्थान हुने भएको छ । परापुर्व काल देखि प्राचीन सभ्यतालाइ नासोको रुपमा सुरक्षित राख्दै आएको यो गाउले राणा शासन देखि अहिलेको गणतन्त्र समेत भोग्दै आएको छ । गरिब भएकै कारण तत्कालीन पन्चायती ब्यब्स्थाको भोट ब्यान्कको रुपमा प्रयोग भएका सोझा स्थानियबासी हरुको दिन फेरिने निस्चित भएको छ । भौतिक परिवर्तन , सामाजिक परिवर्तन , राजनैतिक परिवर्तन सङ्गै मसिनेको रुप नै फेरिएको छ कारण बिसौ बर्ष पछि भएको आम निर्वाचन अनि राज्य पुनर्संरचना ।

साबिक बार्डभन्ज्याङ गा.बि.स हाल चन्द्रागिरी नगरपालिका वडा नम्बर २ भएको मसिने जनप्रतिनिधिहरुको पनि चासोको गाउँ वन्न पुगेको छ । यस गाउको सर्बाङिण बिकासमा लागि परेका गोपि सुर्खेती प्यानलको जनप्रतिनिधिहरुको टिमवोर्क उदाहरणयिय रहेको छ । खुल्ला रुपमै अरुले टावर बनाउलान हामी मसिने बनाउछौ भन्ने अठोट लिएर अघि बढेका जनप्रतिनिधिहरुको मेहिनत अनि मसिनेबासीको सपना अब पूरा हुन धेरै समय छैन यस बर्षको सोनाम लोसार मसिनेमा पहुनाहरु बिच हर्शउलास बिच मनाउन लागीपरेका मसिनेबासिहरुको खुसीमा थप उर्जा थप्न नयाँ बर्ष अर्थात २०७७ बैशाख १ गते बिधिवत रुपमा होम स्टे समेत शुभारम्भ गर्ने योजना अघि बढेको छ । मसिने लगायत समग्र बार्ड्भन्ज्याङको उत्तरौत्तर प्रगतीको शुभकामना हाम्रो तर्फ बाट ।