लागु अाैषध सहित एक पक्राउ

चन्द्रागिरि ।

राजधानी छिर्ने प्रमुख नाका चन्द्रागिरि २ स्थित नागढुङ्गाबाट प्रहरीले एक जनालाई लागूऔषधसहित पक्राउ गरेको छ ।नागढुङ्गामा महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले सिराहा नगरपालिका २२ घर भएका वर्ष १७ का जीतेन्द्र यादवलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

सुनसरीको राजविराजबाट काठमाडौं आउदै गरेको यात्रुबाहक ना.७ ख ११०९ नम्बरको यात्रुबाहक बस चेकजाँचका क्रममा पक्राउ परेका यादवको साथबाट प्रहरीले  नुफिन १४२ एम्पल, डाइजोपाम १५१ एम्पल, फेनारागन १४९ एम्पल, लुपि बेसिक ८ एम्पल बरामद गरेको छ ।

लागुऔषधसहित नियन्त्रणमा लिइएका यादवलाई महानगरीय प्रहरी वृत्त थानकोटमा राखिएको प्रहरीले जनाएको छ ।