Home वडा बाद भन्ज्यांग लायन्स क्लब अफ काठमाडौ राइजिंग सन द्वारा खानेपानी ट्यांकी तथा बाल्टिन वितरण

लायन्स क्लब अफ काठमाडौ राइजिंग सन द्वारा खानेपानी ट्यांकी तथा बाल्टिन वितरण

0
लायन्स क्लब अफ काठमाडौ राइजिंग सन द्वारा खानेपानी ट्यांकी तथा बाल्टिन वितरण

लायन्स क्लब अफ काठमाडौ राइजिंग सन द्वारा  चन्द्रागिरी नगरपालिका वडा नं २ मसिनेमा १ हजार लिटरको २ वटा ,५ सय लिटरको १० वटा  खानेपानी ट्यांकी र २० वटा  बाल्टिन वितरण गरेको  छ ।  उक्त ट्यांकी बितरण कार्यक्रमको प्रमुख अतिथि चन्द्रागिरी  नगरपालिकाका नगर प्रमुख  एबम लायन्स क्लब अफ काठमाडौ चन्द्रागिरिका चार्टर प्रेसिडेन्ट  घनश्याम गिरि रहेका थिए।इको ट्यांकका म्यानेजिंग डिरेक्टर एबम  लायन अनिल बरालको सहयोगमा ति सामाग्री वितरण गरिएको थियो ।

उक्त कार्यक्रममालायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ का फर्स्ट भी डी जी  अनन्त प्रसाद  भेटवाल सहित लायन्स लिडरहरुको उपस्थिति रहेको थियो।  उक्त कार्यक्रमको सभाध्यक्षता लायन्स क्लब अफ काठमाडौँ,राइजिंग सनका प्रेसिडेन्ट दल बहादुर अर्याल रहेका थिए कार्यक्रमको संचालनलायन्स उज्जवल घिमिरेले गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि  चन्द्रागिरी  नगरपालिका का नगर प्रमुख  एबम लायन्स क्लब अफ काठमाडौ चन्द्रागिरिका चार्टर प्रेसिडेन्ट  घनश्याम गिरिले चन्द्रागिरी नगरपालिका राजधानी बाट नजिकै भए पनि कर्णाली जस्तो बिकट रहेको बताए।

उनले लायन्स क्लब लाइ धन्य बाद दिदै चन्द्रागिरी नगरपालिका ले हाल गर्दै आएको कामहरुको बारेमा अवगत गराएका थिए भने  नगरपालिकामा आयआर्जन मुलक तालिममा सहयोग गर्न अनुरोध गरेका थिए ।

उक्त कार्यक्रम मा बोल्दै कार्यक्रममालायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ का फर्स्ट भी डी जी  अनन्त प्रसाद  भेटवाल यो सहयोग सुरुवात भएको र आगामी दिनमा थप सहयोग गर्दै जाने बताए ।

साथै उनले कुन शिर्षकमा तालिम आवश्यक भएको हो आयआर्जन मुलक र शिपमुलक तालिम प्रदान गर्न लायन्स क्लब तयार रहेको बताउदै ३० जनाको समुहमा आवश्यकता अनुसार तालिम  दिन लायन्स इच्छुक भएको समेत बताए।

कार्यक्रमको सभाध्यक्ष को आसन बाट बोल्दै लायन्स क्लब अफ काठमाडौ राइजिंग सनका प्रेसिडेन्ट दल बहादुर अर्यालले उपस्थित सबैलाई धन्यवाद दिएको लायन मधुसुधन सिग्देलले बताए।