वाड्भञ्ज्याङ्गकाे मुख्याचाैर फुटवल मैदान निर्माणकाे लागि युवाहरूले गरे ध्यानाकर्षण ।

काठमाडौं,
वाड्भञ्ज्याङ्गका युवाहरूले निर्माणाधीन खेलकुद मैदान वनाउनु पर्ने माग गर्दै सराेकारवालाहरूलाई ध्यानाकर्षण गराएका छन् ।

राजधानीकाे चन्द्रागिरि २ साविक वाड्भञ्ज्याङ्गका गाउँ विकास समिति ७ मा रहकाे निर्माणाधीन मुख्याचाैर वाड्भञ्ज्याङ्गकाे फुटवल मैदान निर्माणका लागि उनिहरूले ३ नम्बर प्रदेश सदस्य रमा अालेमगर मार्फत एक कार्यक्रमको अायाेजना गरि ध्यानाकर्षण गराएका हुन ।

कार्यक्रममा वाेल्दै ३ नम्बर प्रदेश सदस्य रमा अालेमगरले युवाहरूकाे शारीरिक,मानसिक एवं बौद्धिक विकासकाे लागि खेलकुदकाे अनिवार्य र महत्त्वपूर्ण पाटाे रहेकाे अाैल्याउदै ,उनले वाड्भञ्ज्याङ्गकाे फुटवल मैदान निर्माणकाे लागि केन्द्रीय वजेटमै पार्न सक्दाे सहयाेग गर्ने वताईन । उनले भनिन् ‘ चन्द्रागिरिमा खेलकुदकाे विकास हुनु भनेकै राष्ट्र नाम अगाडि अाउनु हाे,यहाँका युवा राष्ट्रिय स्तरकाे खेलाडीकाे रूपमा अगाडि वढेकाे हामीलाई हेर्ने रहर छ ।’

कार्यक्रममा राष्ट्रिय जनमाेर्चाका युवा नेता राेसन दानीले खेलकुदकाे माध्यम वाट चन्द्रागिरिकाे विकास सम्भव भन्दै वाड्भञ्ज्याङ्गकाे मुख्याचाैर फुटवल मैदान निर्माण गर्ने कुरामा विभिन्न तवरवाट सहयाेग गर्ने वताए ।

चन्द्रागिरि नगरपालिका जनप्रतिनिधि मधुकर वस्नेतले नगरपालिका वडा कार्यालय वाट हाल सम्म खेलकुद मैदान निर्माणमा पाँच लाख लगानी गरिसकेकाे जानकारी दिदै अागामी वजेटमा मुख्य प्राथमिकताकाे साथ अगाडि वढाईने वताए ।

कार्यक्रममा मुख्याचाैर वाड्भञ्ज्याङ्ग फुटवल समिति अध्यक्ष सुर्वण घिमरे, पुर्व वाड्भञ्ज्याङ्ग गाविसका अध्यक्ष टेक वहादुर पाेखरेल समाजसेवी वलराम कार्की लगायतले खेलमैदानकाे लागि सरकार स्थानीय निकायकाे चासाे र सराेकारवालाहरूकाे जिम्मेवारी गहन रूपमा भयाे भने स्तरीय खेलकुदमैदान वनेकुरामा दुई मत नरहने वताएका थिए ।

करिव १० राेपनीमा रहेकाे खेलकुद मैदान निर्माण गर्न २ कराेड लाग्ने अनुमान गरिएकाे छ ।