चन्द्रागिरि वडा न १२ मा पनि निशुल्क मास्क वितरण गर्यो


कोरना भाइरसबाट सचेत रहन सर्वसाधारणलाई मास्क वितरण गरिएको छ । विश्वभर फैलिएको कोरना भाइरसबारे सजग रहन सचेत गराउँदै चन्द्रागिरि वडा न १२ ले निःशुल्क मास्क वितरण गरेको हो ।

चन्द्रागिरि वडा न १२ कार्यलयमा मास्क वितरण गर्दै च.न.पा वडा न १२ का वडा अध्यक्ष प्रकाश श्रेष्ठले भाइरस सङ्क्रमणबाट सजग रहन नियमित मास्क प्रयोग गर्ने, भीडभाडमा नजान, सरसफाइमा ध्यान दिन आग्रह गर्नुभयो ।

कोरना भाइरसबारे सचेतना जगाउँदै पहिलो दिन आज दुइ सय मास्क वितरण गरिएको र यसलाई निरन्तरता दिने बताउनुभयो । साथै सोही अवसरमा सर्वसाधारण नागरिकलाई कोरना भाइरस सङ्क्रमणबारे प्रशिक्षण दिइएको छ ।


Comments

comments