महानगरीय प्रहरी प्रभाग बलम्बुमा कैदी भेट्न आएका युवाले ल्याएको चाउचाउभित्र लागुऔषध !

बिहान करिब ७ बजेर ५० मिनेट जाँदा महानगरीय प्रहरी प्रभाग बलम्वुको कार्यालयमा दुई युवा दाजु भेट्न भनि खानेकुराकाे पाेकाे लिएर आए। दाजु भेट्न खानेकुरा लिएर आएका ती दुवै युवा प्रहरी कार्यालयमै पक्राउ परे ।

लागुऔषध मुद्दाका थुनुवा कालीकोट राजकोट नगरपालिका–६ का दाजु नविन शाही ठकुरीलाई भेट्न आएका भाइ र उनका साथीलाई प्रहरी प्रभाग बलम्वुले कार्यालय भित्रै लागुऔषध सहित पक्राउ गरेको हो ।

महानगरी प्रहरी प्रभाग बलम्वुका प्रहरी सहायक निरिक्षक वुद्धि बहादुर थापा त्यस समयमा कार्यालयको डियुटी अफिसरको रुपमा खटिएका थिए । उनै प्रहरी सहायक निरिक्षक थापाका अघि ति युवाहरुले आफ्नो दाजुलाई भेट्नुपर्ने भन्दै खानेकुरा दालमोट, चाउचाउ ल्याएकाे बताए। उनीहरुले ल्याएको वाइवाइ चाउचाउ र दालमोठ दाजुलाई दिन ती युवाहरुलाई प्रहरीले आग्रह गरिरहँदा आफूलाई शंका लागेको र ती खोलेर हेर्दा लागुऔषध भेटिएको उनले बताए ।

प्याकिङ गरिएकाे चाउचाउभित्र खोलेर हेर्दा नाईट्राभ्याट १५ ट्याप्लेट र कालो चरेश तिन ग्राम फेला परेको जानकारी दिँदै महानगरी प्रहरी प्रभाग बलम्वुका प्रहरी प्रमुख प्रहरी निरीक्षक शकंर खड्काले दुई युवालाई पक्राउ गरिएको पुष्टि गरे ।

महानगरी प्रहरी बृत्त थानकोटका प्रहरी प्रमुख कुमार विक्रम थापाका अनुसार पक्राउ पर्नेमा जिल्ला कालीकोट राजकोट नगरपालिका–६ का बालकुमारी बस्ने १९ वर्षीय पुजन बम ठकुरी र झापा दम नगरपालिका वडा नम्बर १ बस्ने २२ वर्षीय धमेन्द्र लिम्बु रहेका छन् ।

ति युवाहरुले करिब २०० मिटर पर रोकिराखेको भे५प १३०५ नम्बरको मोटरसाईकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ । बृत्त प्रमुख थापाले भने, ‘चाउचाउभित्र केही चुरोट सुर्ती समेत फेला परेको छ थप अनुसन्धान भइरहेको छ । हामी म्याद थप गरि लागुऔषध ऐन अन्र्तगत मुद्दा चलाउँछौँ ।’