लाईन्स कल्व अफ काठमाडौ चन्द्रागिरि द्वरा अाखाँ सिविरकाे उद्घघाटन ।

काठमाडौ । राेसन दानी,
पुर्व खेलकुद मन्त्री तथा प्रतिनिधि सभा सदस्य राजेन्द्र कुमार केसी राजनले समृद्ध नगर वनाउन सघसस्थाकाे भुमिका अतुलनीय हुने वताउनु भएकाे छ ।राजधानीको चन्द्रागिरि १२ मा रहेकाे वलम्वु माध्यमिक विद्यालयमा लाईन्स कल्व अफ काठमाडौ चन्द्रागिरिले अायाेजना गरेकाे सामुदायिक विद्यालयमा अाखाँ सिविरकाे शुक्रबार उद्घाटनमा वाेल्दै पुर्व मन्त्री केसीले सामाजिक विकासमा यस्ता कार्यक्रम समाजकाे लागि महत्त्वपूर्ण सवित हुुने वताउनु भएकाे हाे । उहाँले यस्ता कार्यक्रमहरूमा साथ र सहयोग रहने प्रतिब्धता व्यत्त गर्नु भयाे । कार्यक्रममा वाेल्दै चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी लाईन्स कल्व अफ काठमाडौ चन्द्रागिरिले समाजमा गर्ने विभिन्न गतिविधिले नयाँ उर्जा थप गर्दै लगेकाे वताउनु भयाे ।उहाँले लाईन्स कल्व अफ काठमाडौ चन्द्रागिरिले गरेकाे हरेक गतिविधिमा नगरपालिकाकाे साथ र सहगाेग रहने धारणा राख्नु भयाे ।कार्यक्रममा लाईन्स कल्व अफ काठमाडौ चन्द्रागिरिका अध्यक्ष मनमाया गिरीले लाईन्स कल्व चन्द्रागिरिकाकाे स्थापना देखिनै सामाजकाे रूपान्तरणमा सशत्त रूपमा अाफ्नाे काम कर्तव्यका साथ अघि वढिरहेकाे वताउदै अागामी दिनहरूमा समाजकाे विकासमा सवैकाे साथ र सहयोग खाचो रहेकाे अाैल्याँउनु भयाे ।उक्त अबसरमा क्लबका प्रथम अध्यक्ष राजेन्द्र विक्रम बानियाले यस क्लबले यस बर्ष सामूदायक बिध्यालयमा अध्यन गर्ने (१६०० )सोर्ह सय विद्यार्थी आखॉ जॉच गरिनुका साथै निशुल्क औषधि तथा चस्मा पनि बितरण गर्ने कार्यक्रम का साथै शुक्रबार मात्र यस विद्यालयमा नर्सरी देखि कक्षा १० सम्मका ५०० जनाको आखा जॉच गिरिने जानकारी दिनु भयाे उहाँले नेपाल आखॉ अस्पताल त्रिपुरेश्वरको चिकित्सक तथा प्राबिधिकहरूको प्रत्य़क्ष सहयोग रहेको जानकारी गराउनु भयो ।कार्यक्रमकाे सञ्चालन संस्थाकाे सचिव रेशम दवाडीले गर्नु भएकाे थियाे ।