कालु पाण्डे समाथिस्थल आसपासको जग्गा अधिकरण गर्न जरुरी : राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना

214
  • 126
    Shares

रोशन दानी
काठमाडौं, १८ साउन ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले धार्मिक ऐतिहासिक तथा पर्यटकीय क्षेत्र दहचोकस्थित कालुपाँडेको समार्थीस्थलको स्थलगत निरिक्षण गरेका छन् ।

अध्यक्ष तिमिल्सिना स–परिवारसहित कालुपाण्डेको समाथिस्थलको निरिक्षण गरेका हुन । निरिक्षणेको क्रममा उनले सभाधिस्थलमा निर्माणार्धिन भ्युटावरको समेत निरिक्षण गरेका हुन ।

सो अवसरका यो टावललाई आधुनिक प्रविधि र उपकरणको प्रयोग गरि व्यवस्थापन गर्नुपर्ने बताउँदै आसपासको जग्गालाई आधुनिकरण गरी राष्ट्रिय पार्क निर्काण गर्नुपर्नेमा स्थानीय जनप्रतिनिधिहरुलाई निर्देशन समेत दिए ।

उहाँले यस आसपासको क्षेत्रमा भुमाफियाहरुको कब्जा गर्ने दृष्टि राख्न सक्ने भन्दै छिट्टै सरकारले सरकारी करण गरी पार्क र घुमफिरका लागि उपयोग गर्नुपर्नेमा जोड् दिए ।

अध्यक्ष तिमिल्सिनाले ऐतिहासिक इन्द्रस्थान, कोतघर, पृथ्वी नारायण शाहले मुलुक एकीकणको समयमा निर्माण गरेका गढी, मनकामना मन्दिर पार्कलगायतको स्थलगत अवलोकन गरेका हुन ।

अवलोकरनमा क्रममा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ का सांसद् कृष्णगोपाल श्रेष्ठले समग्र चन्द्रागिरीको पयर्टन विकासका लागि आफु लागी परेकोु बताए ।

उनले यो क्षेत्रको विकासका लागि प्रधानमन्त्री केपी शर्मा ओलीकै चासो रहेको भन्दै स्थानीय सरकारले सोही बमोजिम कार्य सम्पादन गर्नुपर्ने बताए ।

दहचोक पर्यटन विकास समितिका अध्यक्ष हरिशरण थापाले दहचाेेक अब सरकारकाेे चाहाना बमोजिम छिटै नजिकैकाेे पर्यटकि स्थलकाे रूपमा विकास हुुुने बताए ।

अवलोकन भ्रमणमा अर्थ मन्त्रालयका बजेट महाशाखा प्रमुख हरिशरण पुडाँसैनी, नगर प्रमुख घनश्याम गिरी, उपप्रमुख लिशा नकर्मी, कार्यकारी प्रमुख युवराज पौडेल, चनापा वडा नम्बर १ का वडा अध्यक्ष राजेन्द्र केसी, दहचोक पर्यटन विकास समितिका अध्यक्ष हरिशरण थापालगायतको सहभागिता थियो ।

यस क्षेत्रमा हरेका वर्ष फागुन ९ गते प्रधानमन्त्री केपी शर्मा ओली अवलोकन भ्रमणका लागि आउने गरेका छन् । ओलीको यस क्षेत्रमा आकर्षण बढेसँगै यहाँका धार्मिक, ऐतिहासिक, प्राचिन तथा सांस्कृतिक सम्पदाहरुको पुर्ननिर्माणले गति लिएको हो ।

एकिकृत दहचोक पर्यटन विकास समितिका अध्यक्ष हरिशरण थापाले अवलोकन भ्रमणमा आएकाहरुलाई स्वागत गरेका थिए ।


  • 126
    Shares

Comments

comments