ईन्द्र ईन्द्रायणी र नारायण मन्दिरको पुनर्निर्माण

नेपाल सरकार संस्कृति मन्त्रालय अन्तर्गतको पुरातत्व विभाग द्वारा विनियोजन गरेको यस चन्द्रागिरी न.पा वडा नं १ दहचोक ईन्द्रदह स्थित पुरातात्विक ईन्द्र ईन्द्रायणी र नारायणको मन्दिर २०७२ सालको महाभुकम्पले क्षेतिग्रस्त भएकोलाई पुनर्निर्माण कार्य च.न.पा १ को वडा अध्यक्ष राजेन्द्र केसी, ईन्द्रदह एकिकृत पर्यटन विकास समितिका पदाधिकारी एवं स्थानीय समाजसेवीहरू समेतको उपस्थिति शुभारम्भ भयो, साथै नेपाल सरकार शहरी विकास मंत्रालय द्वारा यसै आवमा ईन्द्रदह परिसरमा ऐतिहासिक नमूना पार्क निर्माण अन्तर्गत कम्पाउण्ड वाल लगाउने कार्य पनि गत हप्ता देखि द्रुतगतिमा भै रहेको वडा अध्यक्ष राजेन्द्र केसीले बताउनु भएको छ।