काजी कालुपाँडे समाधी स्थल वरपर सरसफाइ ।

काठमाडौं / फागुन ८

काठमाडौँको दक्षिण पश्चिममा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्त्वकाे क्षेत्र दहचोक ईन्द्र दह ,कालुपाँडे समाधी स्थलमा सरसफाइ कार्यक्रम सम्पन्न भएकाे छ ।

ईन्द्रदह एकिकृत पर्यटन विकास समिमितले भाेली फागुन ९ गते तेस्रो ईन्द्रदह पर्यटन उत्सव एवम् काजी कालु पाण्डेको पूर्ण कदको शालिक अनावरण कार्यक्रमकाे पुर्व सन्ध्या मा सरसफाइ कार्यक्रमकाे आयोजना गरेकाे हाे ।

ईन्द्रदह एकिकृत पर्यटन विकास समिमित अध्यक्ष हरिशरण थापाका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले पृथ्वीनाराणय शाहका सेनापति काजी कालु पाँडेको पूर्णकदको शालिक अनावरणका साथै तेस्रो ईन्द्रदह पर्यटन उत्सवको फागुन ९ गते अपरान्ह १२ बजे उद्धघाट्न गर्ने कार्यक्रम रहेको छ ।

उनका अनुसार यही फागुन ९ गते उक्त सालिक प्रधानमन्त्री केपी शर्मा ओलीले अनावरण गर्नेछन् । साे अवसरमा सरसफाइ कार्यक्रमकाे अायाेजना गरिएकाे वताए ।

दहचाेक १ का वडा अध्यक्ष राजेन्द्र केसीले धार्मिक, एतिहासिक सम्पदाकाे संरक्षण सरसफाइमा नगरपालिका वडाले विशेष ध्यान दिन नगरस्तरिय कार्ययाेजनाकाे खाका तयार गर्ने चरणमा रहेकाे वताए ।

सरसफाइमा महानगरीय प्रहरी वृत्त थानकोट, महानगरीय प्रहरी प्रभाग बलम्वु, नेपाली सेना अन्तर्गत बिजिङ्ग महासाखाकाे कार्यालय, सशस्त्र प्रहरी निलवाराही गण वाट खटिएका सुरक्षाकर्मीहरूकाे सहभागिता रहेकाे हाे ।

मुलुकका पछिल्लो १०० पर्यटकीय गन्तव्यस्थलका रुपमा यस क्षेत्रलाई सरकारले सूचीकृत गरेको छ । कीर्तिपुरको लडाइँमा वीरगति प्राप्त गरेका सेनापति पाँडेको इच्छाअनुसार शिर गोरखा देखिने गरी समाधि गरिएको इतिहास पाइन्छ ।
नेपाल भ्रमण सन् २०२० लाई लक्ष्य गरी यस क्षेत्रको पूर्वाधार तथा पर्यटकीयस्थलको विकास, संरक्षण गरिनेछ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय एवं नगरपालिकाको समन्वयमा गुरुयोजना तयार गर्ने कार्यसमेत भइरहेको बुझिएको छ ।