चन्द्रागिरी नगरपालिकाको धार्मिक र पर्यटकीयस्थलहरुको प्रचारप्रसारमा सबै लाग्नुपर्छ : रमा आलेमगर

दोस्रो इन्द्रदह पर्यटन उत्सब अवसरमा आफ्नो धारणा राख्दै प्रदेश नं.३ काठमाडौ क्षेत्र नं.१० प्रदेश ख सदस्य माननीय रमा आलेमगरले चन्द्रागिरी नगरपालिकामा इन्द्रदह,मातातिर्थ र मछेंगाउँ, काजि कालु पांडेको समाधिस्थल जस्ता अन्य निकै महत्व बोकेको ठाउँ धार्मिक र पर्यटकीयस्थलहरु यहा रहेको हुँदा पनि जति यसको प्रचारप्रसार हुनु पर्ने हो त्यो अवस्था हुन नसकेकोले यसमा सबैको र सरकारको ध्यान जानुपर्ने बताईंन ।

यस नगरपालिका भित्र रहेको धार्मिक, पर्यटकीयस्थल र होमस्टेहरुको सम्भावना बोकेका मसिने,झांगाझिटी जस्ता ठाउँहरु भूकम्पले क्षेतबिक्षेत अवस्था रहेको हुँदा तत्काल पुननिर्माण गर्नुपर्ने र उक्त ठाउँहरुमा बिकाशका काम हुन नसक्दा यहाका जनताहरु कष्टकर जीवन यापन गर्न बाध्य रहेको बताइन् । यी ठाउँहरु तत्काल पुननिर्माण गर्न अनुरोध गर्दै पर्यटकीयस्थलका प्रचुर सम्भावना भएको चन्द्रागिरी नगरपालिकालाई बिशेष योजनाका साथ अघि बढाउनु पर्नेमा जोड दिएकी थिइन् ।