चन्द्रागिरी नगरपालिका वडा नं १को तीनकन्या देबिस्थान बाटो ढलान गर्ने कार्य सुरु

चन्द्रागिरी, चन्द्रागिरी नगरपालिका वडा नं १ दहचोकमा नगरपालिका बाट २०७४/०७५ को लागि विनियोजित योजना अन्तर्गत पञ्चकन्या ईन्द्रदह सडकको तीन कन्या देबिस्थान बाट चापांको बोट सम्मको १४० मिटर बाटोमा ढुंगा सोलिंग गरि ढलान गर्ने कार्यको सुभारम्भ भएको छ।

चन्द्रागिरी नगरपालिका बाट ९ लाख रुपैया रकम बाट पञ्चकन्या ईन्द्रदह सडक उपभोक्ता समिति मार्फत उक्त सडक ढलान कार्य सुरु भएको हो। उक्त उपभोक्ता समितिका अध्यक्ष हरि शरण थापा रहेका छन्। आज बाट नै सुरु भएको उक्त कार्यको वडा अध्यक्ष राजेन्द्र केसीले अनुगमन समेत गरेका थिए ।आज बाट सुरु भएको उक्त कार्य तीन दिन भित्र सक्ने लक्ष्यका साथ् कार्य अघि बढेको वडा अध्यक्ष राजेन्द्र केसीले बताए ।