दहचाेक युवा समुहमा नयाँ नेतृत्व चयन

१६ चैत काठमाडौं । चन्द्रागिरि १ दहचाेक स्थित दहचाेक युवा समुहमा नयाँ नेतृत्व चयन भएकाे छ ।
दहचोक युवा समुहको छैठौं- दसौं साधारणसभाबाट राजु गिरीकाे अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएकाे हाे ।                               

निर्बाचन अधिकृत शशी कुमार गिरीकाे संयाेजकत्वमा समाज सेवी राेसन दानी र लक्ष्मण सिग्देल सदस्य रहेकाे निर्वाचन कमितिले सफल निर्वाचनको सम्पन गराएकाे छ ।

नयाँ कार्य समितिमा अध्यक्षमा राजु गिरी,उपाध्यक्ष मणिराम गिरी,सचिब जीवन कुमार गिरी,कोषाध्यक्ष पुर्ण बहादुर गिरि सदस्य क्रमश अनिता गिरी, राजेन्द्र गिरी, आत्माराम गिरी, दिपक गिरी, अनुप गिरी,राजन गिरी, रामभरोसा गिरी निर्वाचित भएका छन् ।                       

कार्यक्रममा बाेल्दै दहचाेकका वडा अध्यक्ष राजेन्द्र केसीले सामाजिक रूपान्तरणमा दहचाेक युवा समुहले पुर्‍याएकाे याेगदान अतुलनीय रहेकाे चर्चा गर्दै सामाजिक विकासमा युवाहरू एकताबद्ध रूपमा अगाडि वढ्न सके गाउँ समाजमा तिव्र रूपमा विकासकाे मुल फुट्ने बताए । जनप्रतिनिधि विहिन राज्य व्यवस्थामा जनप्रतिनिधिहरूकाे निर्वाचित भएर आए संगै सिंगो समाज विकास र परिवर्तनको रूपरेखामा अगाडि वढ्दै गईरहेकाे उनकाे भनाई छ ।                                       

दहचाेक युवा समुहका निवर्तमान अध्यक्ष किरण गिरीले लामाे समय पछि नेतृत्व हस्तान्तरण गर्न पाउँदा प्रजातान्त्रिक मूल्य र मान्यतामा संस्था अझ सशक्त र समाज रूपान्तरणमा थप अगाडि वढ्ने विश्वास व्यक्त गरे । उनलेे आफ्नाे कार्यकालमा समुहलाई नयाँ उचाई प्रदान गर्दै गतिशीलता दिने काम गरेकाे बताउदै अब नयाँ कार्यसमितिले सशक्त रूपमा अग्रता कायम गर्नु पर्ने बताए ।

नव निर्वाचित अध्यक्ष राजु गिरीले आफु निर्वाचित भए संगै थप गहन जिम्मेवारी आफ्नाे हातमा आएकाे हुदा युवाहरू सवै मिलेर दहचाेककाे थप सामाजिक कार्यमा हातेमालो गर्दै अगाडि वढ्ने बताए ।

दहचाेक युवा समुहका सचिव जीवन गिरीले दहचाेक युवा समुहले आम नागरिकहरूलाई निरन्तर एम्बुलेन्स सेवा मात्र प्रदान गरेकाे मात्र नभई आम नागरिकहरूकाे सेवा भावनाले शिक्षा,स्वास्थ र वातावरण संग प्रत्यक्ष गतिविधिमा संलग्न रहदै आईरहेकाे चर्चा गरे ।
दहचाेक युवा समुहले युवाहरू संगकाे सहकार्यमा सामाजिक उथान र रूपान्तरण सम्वन्धी कार्य गर्ने जनाएको छ ।