दहचोकमा सडक दुर्घटना, मोटरसाइकल चालक गम्भिर घाइते

चन्द्रागिरि ।

चन्द्रागिरि नगरपालिका वडा नंं १ दहचोकमा बिहीबार दिउँसो भएको सडक दुर्घटनामा मोटरसाइकल चालक गम्भिर घाइते भएका छन् । तिव्र गतिमा नैकापबाट नागढुङ्गातर्फ जाँदै गरेको बा ३ ख ८६०९  नम्बरको ट्रकले चुनदेवी नजिक  बा ३१ प २००६ नं. को मोटरसाइकललार्इ ठक्कर दिँदा मोटरसाइकल चालक गम्भिर घाइते भएका हुन्, घाइते चालकलार्इ उपचारका लागि स्थानीय तथा प्रहरीको सहयोगमा अस्पताल पठाइएको छ । ठक्कर दिने सवारीका चालक भाग्न खोज्दा स्थानीयको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको छ ।