दहचोक सिस्नेखोला सुरुङ मार्गकाे शिल्यानाश जेठ भित्र मन्त्री महासेठ

सरकारले उपत्यकाबाट बाहिरिने प्रमुख नाका नागढुङ्गा सुरुङको प्रवेश मार्ग निर्माणको शिल्यान्यास आगामी बर्षको जेष्ठ भित्र गर्ने तयारी गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले शनिबार काठमाडौंको दहचोकदेखि नौबिसे नजिकको सिस्नेखोलासम्म बन्ने सुरुङको तयारीका बारेमा स्थलगत निरिक्षण गर्दे आगामी बर्षको जेष्ठ भित्र शिल्यानाश गर्ने वताएका हुन ।

सुरुङ विसं २०७९ पुस मसान्तसम्म सम्पन्न हुने लक्ष्य राखिएको छ भने यसको लागत रू. १७ अर्ब लाग्ने बताइएको छ ।

सुरुङ निर्माणका लागी जग्गा अधिग्रहणको कार्य सक्न पनि उहाले स्थानीय तहलाई निर्देशन दिए । त्यस्तै उहाले कलंकी नागढुङ्गा सडकको पनि स्थलगत निरिक्षण गर्दे पहिलेको तुलनामा उक्तखण्ड निकै सुधार भएको दाबी गरे । अवकाे केही महिना भित्र धुलाे रहित सडकमा सरर हिड्ने दिन अब टाडा छैन मन्त्री महासेठले भने ।

त्यस्तै उहाले प्रधानमन्त्री केपी ओलीको चासोमा निर्माण भइरहेको कलंकी खड्कागाउँ, कंकाली गुम्वा, हुदै इन्द्रदल काजी कालुपाण्डे सडकको पनि निरिक्षण गर्दे प्रगतीको पनि जानकारी लिनुभयो । उक्त सडक निर्माणका लागी सरकारले १८ करोड २९ लाख बिनियोजन गरको छ भने आगामी बर्षको मंसिरसम्म सकाउन लक्ष्य लिइएको छ ।

त्यस्तै मन्त्री महासेठले सो क्षेत्रमा भइरहेका अन्य पूर्वाधारका बारेमा पनि जानकारी लिनुभएको प्रदेशसभा सांसद केशव पोखरेलले जानकारी दिनुभयो । मन्त्री महासेठले महादेवस्थान , दहचाेक जाेड्ने पुल तत्कालीन एमाले नेता केपी अाेलीले सिल्यानास गरेकाे र अहिले किन अलपत्र परयाे भने विषयमा चासाे लिदै उत्त पुल निर्माण गर्न सरकार लाग्ने र प्राविधिक सहितकाे टाेली साेमवार सम्म खटाईने वताए । त्यस्तै बलम्वु दहचाेक जाेड्ने पुलकाे निर्माणकार्यमा पनि उहाले चासाे राखे । उत्त पुल एक वर्ष देखि अलपत्र हुदा दहचाेकका स्थानीय जाेखिम पुर्ण यात्रा गर्न बाध्य छन् ।

नेकपाका नेता तथा सांसद श्कृष्णगोपाल श्रेष्ठले चन्द्रागिरिलाई नैपालकै नमुना पर्यटकीय स्थल वनाईने वताए ।उनले सांसद विकास काेष वाट चन्द्रागिरिकाे पर्यटकीय विकासका लागि रकम समेत विनियोजित गरेकाे वताए ।

प्रदेश सभाका माननीय सांसद श्री केशव पोखरेल देशकाे अार्थिक समाजिक रूपान्तरमा सवैले साथ र सहयाेग गरे समृद्ध नेपाल बन्नमा कुनै बाधा नअाउने वताए ।

चन्द्रागिरिका नगर प्रमुख घनश्याम गिरीले समग्र विकासका लागि कार्ययाेजना नीति नियम र विकास प्रति जनताहरूमा अपनत्व हुने गरि स्थानीय सरकार गम्भीर रहेकाे वताए ।

स्थलगत निरिक्षणमा मन्त्री रघुविर महासेठ सहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारी , चन्द्रागिरि नपाका प्रवक्ता श्री हरिभक्त महर्जन वडा नम्बर १ वडाअध्यक्ष राजेन्द्र केसी , २ नं वडाध्यक्ष श्री गोपी सुर्खेत ,५ नं वडाध्यक्ष श्री कान्छाभाई महर्जन ,१३ नं वडाध्यक्ष श्री वालमुकुन्द बिडारी ,वडा सदस्य ,ईन्द्रदह एकिकृत पर्यटन विकास समितिका अध्यक्ष हरिशरण थापा १२ नं वडाध्यक्ष श्री प्रकाश श्रेष्ठ लगायतले उपस्थिति रहेकाे थियाे ।

तस्बिर: दीपेन्द्र के.सी