बलत्कारीलाई खबरदार भन्दै वलम्वु प्रहरीले निकाल्यो ¥याली ।

रोसन दानी
काठमाण्डौं / १ पौष

पछिलो समय देशमा महिला महिला तथा वालवालिका माथी हुने विभेदको घटना वढे संगै महानगरीय प्रहरी प्रभाग बलम्वुले

सामुदायिक प्रहरी साझेदारी कार्यक्रमलाई सार्थक पार्ने उदेश्यले सचेना ¥यालीको आयोजना गरेको छ ।
“सामुदायिक प्रहरी साझेदारी बलम्बु वडा समिति १२ द्धारा ओयोजित सचेना ¥यालीमा महिला हिंसा अन्त्य गरौं, नारी बिना चल्दैन सृष्टी किन लाउछौ तै पनि कुदृष्टी, “महिला हिंसा अन्त्यको लागि प्रण आफैबाट आजैबाट,हामी सबैको एउटै सार,बलत्कारीलाई खबरदार भन्ने नारा समेतको प्लेकार्ड सहितको ¥यालीको आयोजना गरेको हो ।
महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले सामुदायिक प्रहरी साझेदारी अभियानले अपराध नियन्त्रणमा टेवा पुग्नुको साथै जनस्तर सम्म प्रहरी समुदाय साझेदारी कार्यक्रम चन्द्रगिरिमा सार्थक वन्दै गईरहेको वताए ।

“सामुदायिक प्रहरी साझेदारी बलम्बु वडा समिति १२ संयोजक प्रकाश क्षेष्ठले समाजमा विद्ययमान समस्या समाधान गर्दे, अपराध मुत्त समाज निमार्णमा सवैको दायित्ववहन गर्र्र्न सवै एक जुट भएर लाग्नु पर्ने वताए ।
महानगरी प्रहरी प्रभाग बलम्वुका प्रमुख प्रहरी निरिक्षक शंकर खड्काले अपराध र अपराधीको मनोवल घटाउन समाजका हरेक वर्ग समुदायमा अपराध विरुद्ध शुन्य सहनशिल्ता हुनु पर्ने वताए । निरिक्षक खड्काले भने, ‘अपराध र अपराधी लुकाउने परिपाटी वन्द गराईनु पर्छ सव्य समाज निमार्णमा सवैले हालेमाले गरौ ’।

सचेना ¥यालीकमा स्थानिय बुद्धिजिबी शिक्षक बिद्यार्थी लगायत करिव ३ सय जनाको सहभागितामा बलम्बु हरियाली,बलम्बु बजार हुदै चुनदेबी चोकमा पुगी कोण सभामा परिणत भएको थियो ।