म जहाँ जान्छु विकासकाे लागि जान्छु मेराे हरेक पाईला विकासकाे लागि जानेछन : प्रधानमन्त्री अाेली

काठमाडौं ९ फागुन ।
प्रधानमन्त्री केपी ओलीले राष्ट्र निर्माणकार्यमा राष्ट्र एकता खाचाे रहेकाे अाैल्याउएका छन् । बिहिबार काठमाडौंको दक्षिण पश्चिममा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्त्वको क्षेत्र दहचोकमा तेस्रो ईन्द्रदह पर्यटन उत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विरहरूकाे त्याग तपस्याका बावजुट यहाँ सम्म अाईपुग्दा अब केवल अाधुनिक राष्ट्र निर्माणकाे खाचाे रहेकाे वताए ।

उनले आफुले बिकासका लागी गरेका प्रतिवद्धता पुरा गरेरै छाड्ने धारणा राखे । प्रधानमन्त्री अाेलीले भूकम्पपछिको ऐतिहासिक सम्पदाको निर्माण तिव्र रुपमा भईरहेको उल्लेख वताए ।

फरक प्रसंगमा प्रधानमन्त्री अाेलीले भने परिवर्तनका लागी लुट्न सिकाउने, चन्दा असुल गर्ने प्रवृति अन्त्य हुनुपर्ने
, ” मुलुकमा लुटतन्त्र अपराधतन्त्र धेरै नटिक्ने स्पष्ट पार्दै असल सत्कार र व्यवहारले मात्र भोलीको योग्य नागरिक बनाउन मद्धत पुग्ने भन्दै उनले अहिले समाज रुपान्तरणका लागी एक भएर लाग्नुपर्ने बताए । म जहाँ जान्छु विकासकाे लागि जान्छु मेराे हरेक पाईला विकासकाे लागि जानेछन ।”

त्यस्तै प्रधानमन्त्री ओलीले दहचोहको पर्यटकिय बिकासका लागी आफु गम्भीर रहेकाे वताउदै अाफ्नाे माैलिक पद्धति ,सिद्धान्त छाड्न नहुने वताए ।

महोत्सवस्थल नजिक दहचोकमा रहेको पृथ्वीनारायण शाहका सेनापति काजी कालु पाँडेको समाधीस्थल नजिक कालु पाँडेको पूर्णकलको शालिक अनावरण गर्नुभयो । पुरात्वात्विक बिभागले करिव १० लाख रुपैयाको लागतमा उक्त शालिक निर्माण गरेको हो ।

कार्यक्रममा एकीकृत इन्द्रदह पर्यटन बिकास समितिका अध्यक्ष हरिशरण थापाले दहचोकको पर्यटकिय बिकासमा सरकारले ध्यान दिएका कारण नै केहि बर्षभित्र नै नेपालकै आकर्षककै गन्तव्यको रुपमा बिकास हुने वताए ।

कार्यक्रममा चन्द्रागिरिका नगर प्रमुख घनश्याम गिरीले समग्र चन्द्रागिरिकाे विकासमा नगरपालिकाले अार्थिक सामाजिक र पर्यटकीय पुर्वाधारमा सधै याेजनावद्द रूपमा लगिने वताए ।

काठमाडौँको पश्चिममा अवस्थित दहचोक क्षेत्र धार्मिक तथा ऐतिहासिक महत्वको पुरातात्विकस्थलसमेत हो । कीर्तिपुरको लडाइँमा वीरगति प्राप्त गरेका सेनापति पाँडेको इच्छाअनुसार शिर गोरखा देखिने गरी समाधि गरिएको इतिहास पाइन्छ ।

सरकारले मुलुकका पछिल्लो १०० पर्यटकीय गन्तव्यस्थलका रुपमा यस क्षेत्रलाई सरकारले सूचीकृत गरेको छ ।

चन्द्रागिरि नगरपालिका १ का वडा अध्यक्ष राजेन्द्र केसीले काठमाडौँको नैकाप डाँडादेखि इन्द्रदह हुँदै नागढुङ्गासम्मको विभिन्न पर्यटकीयस्थललाई एउटै प्याकेजमा व्यवस्थापन गरी स्थानीय पर्यटन विकासका योजनाका लागि गृहकार्य भइरहेको वताए ।

यस क्षेत्रको पूर्वाधार विकासका लागि चालू आवमा काठमाडौँ क्षेत्र नं ९ का प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठको सिफारिशमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममार्पmत रु ५० लाख तथा चन्द्रागिरि नगरपालिका–१ को विनियोजित बजेट रु ८९ लाख विनियोजन गरिएको वताए ।