ववेकशील साझाले दहचोकमा वृक्षारोपण

्काठमाडौं, १० असार । विवेकशील साझा पाटी संयोजक रवीन्द्र मिश्रले अब विवेकशील साझा पार्टीले सामाजिक, आर्थिक, राजनैतिक अभियान देश व्यापीरुपमै अघि बढ्ने बताए । राजधानीको चन्द्रगिरि नगरपालिकामा विवेकशील साझा पार्टीको दहचोक ( चन्द्रागिरी(१ )को आयोजनामा गरिएको वृक्षारोपण कार्यक्रममा उनले देशको प्रमुख सहरहरु अनि गाउँ(गाउँमा समेत विवेकशील साझा पार्टीलाई स्वागत गर्न आतुर रहेको पाएको बताका हुन । भर्खरै आफ्नो प्रदेश ७ को संगठन विस्तारको अनुभव सुनाउदै दुर्गम वस्तीहरुमा समेत विवेकशील साझाको नेतृत्व अनि पार्टी प्रति आस्था रहेको पाएको बताए। उनले उक्त विरुवाहरुको स्यारसुसार अनि संरक्षणमा समेत ध्यान दिन स्थानीयलाई अनुरोध गरे।

करिब ९०० विरुवाहरु केउरानी सामुदायिक उपभोक्ता बन लगाएतका वरिपरिका खूल्ला क्षेत्रहरूमा रोप्दै विवेकशील साझा पार्टीले काठमाडौँ लगायत देशैभरि सफा र हरियाली बनाउन पार्टीले स्थानीयलाई प्रेरित गर्ने जनाएको छ । वृक्षारोपणमा विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र, केन्द्रीय सदस्यहरु मिलन पाण्डे, अर्जुन सिंह ठकुरी, मानवी पौड्याल, डा. दिनेश प्रशाई आदीको उपस्थिति थियो। कार्यक्रममा स्थानीयहरु अनि विवेकशील साझा पार्टीका सदस्यहरु मिलेर विभिन्न प्रजातीका विरुवाहरु अनि फलका विरुवा रोपेका थिए। त्यस्तै, कार्यक्रमपछि विवेकशील साझा पार्टीका केन्द्रीय सदस्यहरुले स्थानीयहरू अनि सदस्यहरुसंग अन्तरक्रिया गरेका थिए।

पार्टीका केन्द्रीय सदस्य तथा उक्त क्षेत्रका प्रतिनिधि सभाका उम्मेदवार मिलन पाण्डेले राजनीति चाहिने भन्दा धेरै नकारात्मक भएको भन्दै अब राजनीतिलाई सकारात्मक अनि सामाजिक उत्तरदाइत्वको रुपमा स्थापित गर्ने बताउनु भयो। कार्यक्रमको संयोजन गरेको दहचोक इकाईका संयोजक पवन गिरिले अब दहचोकलाई संवृद्ध बनाउन आफुले इमान्दार प्रयास गर्ने बताए। उनले भने, “अरु दलका साथीहरु यस्तो सानो काम गरेर देश बन्दैन भन्नुहुन्छ, मलाई चाही हामीले यस्तै सानो सानो काम गरेर ठुलो परिवर्तन ल्याउन सक्छौं भन्ने लाग्छ। कार्यक्रममा नेपाली काँग्रेस, शक्ति पार्टि नेपाल, संञ्चारकर्मि,वन समितिका अध्यक्ष,लगायत स्थानिय आमा समूह र अन्य उपभोक्ताहरु मिलि चन्दागिरि न.पा वडा न ं१ पन्चकन्या मन्दिरको डाडामा वृक्षारोपण रोपन गरेका थिए ।