शिक्षासमाचार विधार्थी भर्ना अभियान २०७५ लाई सार्थक बनाउँन सराेकावाला घरदैलोमा ।

काठमाडौ । प्रधानमन्त्री केपी ओलीले नेतृत्व गरेको विधार्थी भर्ना अभियान २०७५ लाई सार्थक बनाउन (काठमाडौं निर्वाचन क्षेत्र नं ९) प्रतिनिनिधिसभा सदस्य दाेय माननीय कृष्णगोपाल श्रेष्ठले र विना श्रेष्ठ चन्द्रागिरि नगरपालिका वडा १ मा रहेको श्री कृष्ण माध्यामिक विद्यालयमा दहचोक निवासी ४ वर्षिय वालिका “खुशी खान”लाई कक्षा १ मा भर्ना गरी अभिभाबकत्व ग्रहण गरी विद्यार्थी भर्ना अभियान २०७५ सफल बनाउन अव्हान गरेका छन्। आधारभूत शिक्षाबाट कुनै पनि बालबालिका बञ्चीत हुन नपरोस भने र घरदैलोमा नै आएर विधार्थी भर्ना गरेको शिक्षाले मात्र देशको विकास सम्भव भएकोले सबैका लागि शिक्षा भन्ने मूल मर्मलाई साकार बनाउँदै दुई वर्षभित्रमा निरक्षरता हटाउने अभियानको एउटा कडीको रुपमा यसलाई आफुले लिएको माननीय कृष्ण गाेपाल श्रेष्ठले बताए । विधार्थी भर्ना मात्र होइन कक्षा १ मा अध्ययन गर्ने दहचोक निवासी ४ वर्षिय वालिका “खुशी खान”को लागि विद्यालय पोशक, जुत्ता एव कापी कलम समेत माननीय श्रेष्ठदाेयले दिएका थिए । विद्यालय आउन नसकेका दलित आदिवासी जनजाती वा अन्य कोही यस क्षेत्रमा छन भने आफुले भर्ना गरी दिने र उनीहरुको अध्ययनका लागि आवश्यक व्यवस्था मिलाउने र आफु पनि अव यस विद्यालयको अभिभावक भएकोले विद्यालयको लागि आवश्यक सहयोग गर्ने माननीय विना श्रेष्ठ श्रेष्ठले प्रतिवद्धता समेत जनाईन । चन्द्रागिरि नगरपालिका वडा १ का अध्यक्ष राजेन्द्र केसीले सरकारले गुणस्तरिय शिक्षामा ध्यान दिनुपर्नेम जोड्दिए । पुर्व दहचाेक गाविस अध्यक्ष हरिशरण थापाले शिक्षालाई गुणस्तररिय वनाउन शैक्षिक तालिमका कार्यक्रम नियमित राख्नु पर्नेमा जाेड दिए । भर्ना अभियानलाई सार्थक बनाउन जनप्रतिनिधिहरुको यस किसिमको भूमिकाले समुदायमा सचेतना जगाउने र नैतिक दवाव सिर्जना गर्ने हुनाले सबै बालवालिका विद्यालय आउने वातावरण बन्ने विश्वास लिएको श्री कृष्ण माध्यमिक विद्यालयका प्र.अ. वलराम कार्कीले वताए।