नेपालको राजधानी काठमाडौं जिल्लाको दक्षिण भागमा अवस्थित ऐतिहासिक प्रमुख धामिर्भक सांस्कृतिक एवं रमणीय स्थलको रुपमा मानिदै आएको पुन्य स्थलका रुपमा चर्चित मत्यस्नारायण भगवान विष्णुको पहिलो अवतार भएको पाइन्छ ।
सत्य युगमा राजा सत्यव्रत राजाले सन्ध्या, पाठ र तर्पण गर्ने बेलामा अञ्जुलीमा सानो माछा आएको, सो माछालाई पुन नदीमा राख्न खोज्दा, उक्त माछाले मलाई नदीमा नहाल्नु ठूलो माछाले खानेछ, त्यसैले म तिम्रो सरणमा परेको छु भन्दा राजाले माछा आफ्नो कमन्डलुमा बस भनी हाल्दा, माछा ठूलो हुँदै गएकोले कमण्डलुमा अटाउन नसकेकोल पछि सो माछा राख्न कुवा खनाए त्यहि कुवामा भगवानले शङ्क, चक्र, गधा र पद्म लाई आधा माछा र माथिको भाग भगवान सहितको स्वरुपको दर्शन गराउँनु भयो यो नै भगवान विष्णुको प्रथम अवतार हुन गयो । संसारको सृष्टि गर्ने क्रममा ब्रम्हाजीले सबै खालको प्राणीको सृष्टि गर्ने क्रममा ब्रह्माकै सृष्टि मध्ये दानव जातीबाट संसारको सबै सृष्टिलाई नास गर्न उद्देश्यले हैग्रिप दानवले ब्रम्हाको आँखा छली वेदलाई हरण गरेर पातल लोकमा लगी लुकाएर राखेकोले भगवानबाट संसारको उद्धारको लागि मत्यस्यको रुप धारण गरी हैग्रिप दानवलाई मारेर संसारको सृष्टि नास हुनबाट उद्धार गर्नुभएको मत्स्यपुराण र नेपाल महात्म्यमा उल्लेख भएको पाइन्छ ।

भगवान श्रीराम संग जोडिएको कथा
त्रेता युगमा मर्यादा पुरुषोत्तम राम अवतारको पालामा शिकार खेल्न खोज्दा कल कल गरी बगेको पानीको आवाजले शिकार हुन नसक्दा राम भगवानको क्रोधबाट यहाँ पानी लुकाउने काम हुन गएका जसको कारणले कुनै पनि खोल्चामा पानी पलाएको पाउँन नसकी तिर्खा लाग्दा पानी खोज्ने क्रममा मत्स्य अवतार भएको मत्स्यकुण्ठमा आई पानी पिइ रमणीय माछाको साथमा माछा रुप भई खेल्नु भएको किंबदन्ती रहेको पाइन्छ ।

भगवान शिव संग जोडिएको काथा
शिवको स्तुति र ध्यानबाट प्राप्त भएको हुँदा स्वयम् भगवान शिवबाट सत्ययुगमा देत्यसुरले तपस्या गर्दा खुःसी भई वरदान दिँइ दैत्यसुरबाट मैले जे छुन्छु सो भष्म होस् भनी वरदान माग्दा शिवबाट तथास्तु भनी वरदान दिनु भएकोले स्वयं शिवलाई नै छोएर हेर्छु भन्दा भगवान शिव भाग्दै मत्स्यनारायण कुण्ठ माथि अवस्थित वन पुर्वपट्टि चम्पादेवी र पश्चिमपट्टि देउराली डाँडाको वीचको सबैभन्दा अग्लो भागमा रहेको उच्च स्थानमा लुक्ने क्रममा लडेर शिर मत्स्य तिर्थमा परेकोले यस तिर्थ शिवबाट पनि पवित्र मानिदै आएको छ । विष्णुको सहायताले दैत्यसुरेको सोही अग्लो डाँडामा भष्म भएको र यस डाँडाको नाम भष्मेसुर रहेको किम्दन्तीका साथ यस डाँडामा घाँस बाहेक कुनै बनस्पति नउम्रने स्थानीय बासिन्दाको भनाई छ ।

भगवान श्री कृष्णसंग जोडिएको कथा
काठमाडौंमा बस्ती बस्ने क्रममा भगवान श्रीकृष्णले भन्ज्याङबाट छिरेर यस मच्छेनारायण कुण्ड भएको ठाउँमा पहिलो बस्ती ग्वालाहरुलाई यहाँबाट राज्य संचालन गराउनु भएको किम्बदन्ति यहाँ रहेको गोपालीहरुको भनाई पाईन्छ, यसै द्धापर युगका ख्याती प्राप्त ग्वालाको पालादेखि यस तीर्थमा भगवान् विष्णुको नित्य पूजास्नान गर्ने चलन चल्दै आएको मानिन्छ र पछि ग्वालाहरु गौसला जाने क्रममा भगवान पशुपति नाथ ग्वालाबाट पत्ता लागेको कारणले ऋषि माहात्माको भनाई अनुसार पशुपतिनाथको दर्शन पश्चात मच्छेनारायणको दर्शन गर्दा विशेष प्रकारको पुण्य पाउने अवधारण पशुपतिनाथको ६४ सोर लिङ्गको यात्रामा वर्णनमा गरिएको छ ।
यस मत्स्यकुण्डमा तिन मुख्य र अन्य साना कुण्डहरु रहेका छन् । जुन मूल कुण्डपश्चिम अर्थात् मत्स्यकुण्ड अनि मन्दिर भएको ठाउँमा ज्ञानकुण्ड र पूर्वपट्टि विशेष कुण्ड र अन्य साना तिन कुण्डहरु विशेष रुपमा महत्वपूर्ण रहेका छन् र कुण्डको वपरिपरि मनमोहक आकर्षक बगैँचा र जंगल रहेको छ । पहाडको काँखमा अवस्थित सुन्दर पोखरीको पानीबाट नै सम्पूर्ण मत्स्यगाउँका बासिन्दाहरुले पिउने पानीको रुपमा प्रयोग गर्दछन् । यहाँ बलियो पानीको श्रोत नै मत्स्यकुण्ड रहको पाइन्छ । यसैगरी यस कुण्डको महत्व बढी रहेको मानिन्छ । यहाँ पानीलाई सर्वऔषधी र अमृत मानिन्छ । जुन मल्ल राजाभन्दा अगाडिको राजाले औषधी गर्नको लागि यसै कुण्डबाट जल लिएर गएको किंबदन्ती रहेको छ । त्यसैगरी पेट फुल्ने अथवा झाडावान्ता भएको बेलामा पनि मन्दिर पछाडिको कुण्डमा गई नबोलिकन तीन अन्जुली पानी खाँदा पनी सम्पूर्ण रोग निवारण हुने किमबदन्ती रहेको छ ।
यस मन्दिरको बनावट घण्टाकारको पौराणीक तथा कलात्मक शिखरशैलीमा बनको छ । मन्दिरको वरिपरि १४ वटा कलात्मक धाराहरु रहेको छ । धारोका पछाडिपट्टि पर्खालमा प्रत्येकमा विष्णुको रुपहरुको मुर्ति रहेका छन् । मन्दिरको अगाडी शिलामा स्तुत सहित गरुढ हनुमान र दायाँ बाँया भागामा शिवको लिंग अवस्थित छ । पोखरीको ठीक अगाडि जलाशयमा मत्स्य कुण्ड अवस्थित शिव लिंग छ । यस मन्दिर भित्र पान्चायन देवता र अन्य विष्णुको स्वरुपहरु रहेको छ । पौराणिक शंख घण्टा रहेका छन् । दायाँ र बाँया लक्ष्मी, सरस्वती, गणेश, राधा, कृष्ण, शिव, पार्वती, गरुड, हनुमान, सूर्य र प्रत्यक्ष शिलामा मत्स्यनारायणको ढुंगाको मूर्ति रहेको छ । यस मन्दिरकोसुरुको पर्खालसँगै ऋषेश्वर महादेवको कलात्मक मूर्ति रहेको छ र पोखरी वपपिरि विभिन्न भागमा नागहरुको बसोबास रहेको छ । घना वस्ती र जंगलसँगसँगै मत्स्यनारायण अवस्थित छ । स्थानीय बासीन्दाहरुको भनाई शिलापत्र अनुसार लिच्छवीकालमा मानदेवले मन्दिर पोखरीको निर्माण गर्नुभएको प्रमाण पुरातत्वमा अभिलेख भएको र यस मन्दिरको प्रश्तर मूर्तिलाई पनि प्राचीन मुर्तिहरुमा कलात्मक शैलीमा प्रस्तुत गर्ने सोही समयमा प्रयास भएको देखिन्छ । यसबाट सोही समयको मौलिकता झझल्केको पाइन्छ ।
श्री मत्स्यनारायण दर्शनसँग सँगै पुरुषोतम मास मेलाको महत्व विशेष रुपले दर्शन रहेको कारण पौराणिक कथन अनुसार महाकोटी होम लगाउनु र मत्स्यनारायणको नित्य स्नान गरी मेला भर्नु सो बराबरसँग तुलना गरिएको हुनाले कारणले विभिन्न समय र कालमा राजा र नायकहरुबाट दर्शन, पूजा पाठ र महिनाभर मेला गरिएको पाइन्छ । तीन तीन वर्षमा एक महिना लाग्ने पुरुषोत्तम मास स्नान गरी पूजा र दर्शन माल्पुवा दान गरी मत्स्ये पुराण सुन्नाले उत्तम लोक प्राप्त हुन्छ भन्ने स्थानीय तथा धार्मिक विश्वस रहेको पाइन्छ ।
पौराणिक कथन अनुसार प्रत्येक अधिक मासमा मत्स्यनारायणको मेला लाग्ने गर्दछ । पुरुषोत्तम मास मेला भनि चिनिने यो मेला (मलामासँ ज्योतिषिशास्त्रमा अधिक मास तथा क्षमास दुवैलाई जनाउँदछ । धर्मशास्त्र र पौराणिक कथा अनुसार पुरुषोत्तम मास नाम बढी मानिदै आएको पाइन्छ । पुरुषोत्तम मेला कसरी र कुन तरिकाबाट हुन्छ भन्ने जिज्ञासाहरुमध्ये सूर्य र चन्द्रमाको भूमणमा हुने गति र त्यसमा आउने अन्तर नै चन्द्रमास हो । अर्थात् सौरमासमा चन्द्रमास घटाउँदा जति शेष बन्छ त्यो नै अधिक मास हुन जान्छ । यसको निर्माण चन्द्रमा हुने तिथि, घडी, पल जम्मा भई बन्ने अन्तिम अतिरिक्त महिनाबाट यो महिना बन्दछ । त्यसैगरी विष्णु पुराण अनुसार प्रतिवर्ष चन्द्रसम्बत भन्दा सौर सम्बत ११ दिनले बढी हुन्छ । यसैको मूल्यांकन दुई वर्ष र आठ महिना सोह्र दिन र चार घडीको हिसाव अनुसार एक पटक अधिक मास पर्न जान्छ । यो नै मलमास भनिन्छ । मलमास ३ वर्षमा एक चोटी र पाँच वर्षमा २ चोटी पर्न जान्छ र यसलाई कालमास अर्थात् मलमास भनिन्छ र यसै कारणले यस महिनामा कुनै चाडपर्व पर्दैन तथा अन्य पूजापाठ हुँदैन । केवल पुरुषोत्तम नारायण मत्स्यनारायणको मात्र पूजा हुन्छ । सत्ययुगको समाप्ति सँगसँगै भगवान विष्णुले यस कालमासमा आई बाँस गरी पवित्र बनाउनु भएको र यस महिना पूजनीय र महान् महिनाको रुपमा रहेको पाइन्छ । त्यसैगरी कृष्ण अवतारमा पनि ग्वालाहरुको उद्धार हुने क्रममा यस महिना भर यस कुण्डमा स्नान गरी भगवान विष्णुको पूजा आरधना गरी पुकार गरेपछि उद्धार भएको मानिन्छ ।
उक्त भगवानबाट दर्शन दिई यस महिनालाई पुरुषोत्तम महिनाको रुपमा उत्तममा गणना गरियो र ग्वालाहरुलाई भगवानले मत्सयरुप मै ग्वालाहरुको बिन्ती सुन्ने क्रममा ग्वालाहरुले पछि र हाम्रा सन्तानले कसरी हजुरको दर्शन पाउन सक्छन् भन्दा मत्स्यरुप भगवानले यसै ठाउँमा शिलाको रुपमा मत्स्यरुप भएर बस्नु भयो र हाल यस ठाउँमा मन्दिर भित्र नारायणको शिलाको मूर्ति अवस्थित छ । यसलाई मत्स्यतीर्थ अथवा नरहरीपुर बस्ती भनिए पनि यसै मत्स्यनारायणको नामबाट मत्स्य गाउँ नाउँ राखिएको विश्वास रहेको छ । यस पुरुषोत्तम महिनामा काँसको थालीमा ३३ वटा मालपुवा राखेर काँसको थालीले छोपेर काँसको दुई वटा कचौरामा घिउ र तेल राखेर पहेँलो कपडाले छोपेर विधि अनुसार दान गर्दा, अश्वमेद्य यज्ञ गरेको बराबर पुन्य मिल्नुको साथै भुमि दान सरह हुने जनविश्वास पाइन्छ ।
यस कुण्डमा नित्य नुहाउनाले सम्पूर्ण पाप नास हुने र उत्तम लोकमा प्राप्त हुने मत्स्य पुराणमा वर्णन गरिएको पाइन्छ । त्यसैगरी विशेष रुपमा दर्शन गर्नाले सम्पूर्ण दुःखबाट पार पाउनुको साथसाथै जलको स्थानबाट सम्पूर्ण रोगहरु निवारण हुने जनविश्वास रहेको
पाइन्छ ।

मत्स्यनारायणको दर्शनको महत्व
यस मन्दिरमा पुरुषोतम महिना बाहेक अन्य दिन पनि विशेष रुपमा पूजाआजा गरिन्छ । आफ्नो पितृको उत्थानको लागि तिथि चाडमा दान गर्नाले सम्पूर्ण पितृहरुको उद्धार भई आफूलाई पून्य मिली उत्तम लोक प्राप्त हुने र अन्य पर्वमा पूजा गर्नाले काम सफल हुने, मनको इच्छा पूरा हुने जनविश्वास यहाँको बासिन्दा र पूजारीको भनाई छ । त्यसैले मेला पछि पनि विभिन्न समय र कालमा राजा महाराजहरुले दर्शन र पूजा गरिबकसेको स्थानीय बासिन्दाको भनाई पाइन्छ । त्यसैगरी विदेशमा बसेका नेपालीहरुले पनि यस मत्स्यनारायणको दर्शनबाट मनको इच्छा पूरा हुनुको साथै सम्पूर्ण दुःखबाट मुक्ति मिल्ने बाटो प्राप्त हुने भनाई स्वयम् स्थानीयबासिन्दाको भनाई पनि रहेको पाइन्छ । यस मन्दिरमा बिहान बेलुका २÷३ घण्टा ढोका खोलिन्छ र तिथि चाडपर्वमा ढोका दिनभर खोल्ने गरिन्छ । पहिलेको कथन अनुसार हालसम्मको परिस्थिति हेर्दा मन्दिरको विशेष महत्व र पूजा चलेको पाउन सकिन्छ । हाल आएर स्थानीय बासिन्दा र अन्य निकायबाट संरक्षण एवम् विकास भए तापनि विशेष रुपमा मत्स्यनारायण मन्दिर र मत्स्य कुण्डकोविशिष्ट रुपमा सुधार र संरक्षण गनृुपर्ने देखिन्छ ।
संकलन एवम् सम्पादक
पू. शैलेश आचार्य
विशेष सहयोग
अच्यूत अधिकारी

Comments

comments