चन्द्रागिरि नगरपालिकाका रविन्द्र मानन्धरलाइ सदगुरु मास्टर्स कप अनलाईन इन्टरनेशनल कराते कातामा रजत

काठमाडौं ,असार १।

सद्गुरु मास्टर्स कप अनलाईन इन्टरनेशनल कराते काता च्याम्पियनसिप २०२० मा नेपालले एक स्वर्ण र एक रजत प्राप्त गरेको छ ।

कराते खेलाडी एवं प्रशिक्षक रविन्द्र मानन्धर रजतमानै खुम्चिए । मानन्धर चन्द्रागिरि नगरपालिका वडा न ९ का स्थानीय बासिन्दा हुन। ३५ – ४५ बर्ष उमेर समूह ‘ए’ बाट फाईनल प्रवेश गरेका उनी स्पेनका खेलाडी जिसस कनसुयगरा संग पराजित हुँदै रजतमा चित्त बुझाउन बाध्य भएका छन् । जिससले २४.६४ अंक प्राप्त गर्दा मानन्धरले २४.३८ अंक प्राप्त गरेका थिए ।

यस्तै केरला कराते संघ, भारतको आयोजनामा भएको च्याम्पियनसिपको महिला ३५ बर्ष माथिको ईभेन्टसमा नेपाली खेलाडी निता आचार्यले फिलिपिन्सकी ईसेल बोनो अक्विनोलाई फाईनलमा पराजित गर्दै स्वर्ण हात पारेकी हुन् । उनले २४.१४ अंक प्राप्त गरेकी थिईन् । उनकी प्रतिद्वन्दि अक्विनोले २३.८ अंक प्राप्त गरेकी थिईन् ।

बिश्व कराते महासंघ र एशियाली कराते महासंघको नियममा खेलाईएको अनलाईनल च्याम्पियनसिपमा ३५ – ४५, ४५ – ५५, ५५ – ६५ र कुबुदो गरि ४ विधामा प्रतिस्र्धा गराईएको थियो । च्याम्पियनसिपमा जापान, भारत, स्पेन, श्रीलङ्का, नेपाल, फिलिपिन्स, भियतनाम, भनेजुयला लगायतको सहभागिता रहेको थियो ।