चन्द्रागिरि १२ मा नेपाल र भारतका विज्ञ टाेली सहित समृद्ध नेपालका लागि फरबरी २०१८मा कार्यपत्र सहित गाेष्ठी हुँदै

नेपाल भारत मानब बिकास एबं मैत्री संघले आउदो फरबरी २०१८ मा आयोजना गर्न लागिएको “समृद्ध :एक्काईसौ शताब्दी नेपाल-भारत संबन्ध ” कार्यक्रमको तयारी छलफल सम्पन्न भएकाे छ । राजधानीकाे चन्द्रागिरि नगरपालिका ८ स्थित करूना विहारमा सम्पन्न तयारी वैठकले देशकाे अार्थिक,सामाजिक,समृद्धिका लागि दुई देश विचकाे विभिन्न विषयमा दक्ष र विज्ञ टाेली सहित यहि फेब्रुअरी २०१८ मा चन्द्रागिर नगरपालिकाे वलम्वु १२ मा विशाल छलफल तथा अन्तकृया गर्ने भएकाे हाे ।नेपाल भारत मानव बिकास एबं मैत्री संघका अध्यक्ष सुर्य भुसालकाे अध्यक्षतामा कार्यक्रम सञ्चालन भएकाे थियाे । नेपाल भारत मानब बिकास एबं मैत्री संघका महासचिव राजेन्द्र विक्रम बानियाँले पछिलाे दुई देश विचकाे दुरीलाई नजिक ल्याउन र देशकाे अार्थिक समृद्धिकाे लागि नेपाल र भारतका सवै क्षेत्रमा दक्ष र विज्ञ टाेली सहित छलफल र वहस सहित निचाेड निकालिने वताउनु भयाे । महासचिव बानियाँले दुई देश विच वार्ता र सहकार्य वाट अार्थिक र समृद्धिमा जाेडदिने वताउनु भयाे । कार्यक्रममा पुर्व मन्त्री तारणी दत्त चटाैट,पुर्व स्वास्थ्य राज्य मन्त्री तिर्थ राम डंगोल,चन्द्रमगिरि नगरपालिका १२ का वडा अध्यक्ष प्रकास श्रेष्ठ ,देव दर्शन वचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष राम नारायण घिमिरे, विभिन्न पेशा व्यवसायी संञ्चारकर्मि, लगायतकाे उपस्थिति रहेकाे थियाे ।

105