चन्द्रागिरी ६ का भूकम्पपिडित दृष्टिबिहीन कृष्ण बलामीको घर निर्माणको लागि आर्थिक सहयोग गर्न अनुरोध

चन्द्रागिरी नगरपालिका वडा नं ६ निवासी भूकम्प पिडित  दृष्टिबिहीन कृष्ण बलामीको घर निर्माणको लागि आर्थिक सहयोग संकलन कार्य अघि बढेको छ। चन्द्रागिरी नगरपालिका ६ निवासी भूमिहीन तथा  अति बिपन्न  करिब ५० वर्ष अगी देखि चन्द्रागिरी नगरपालिका वडा नं ६ मा बसोबास गर्दै आएका दुवै आँखा नदेख्ने कृष्ण बहादुर बलामीको घर निर्माणको लागि चन्द्रागिरी नगरपालिका वडा नं ६को वडा कार्यालय बाट घर निर्माणको लागि आर्थिक सहयोग स्वरुप  रु ३ लाख रुपैया सहयोग गरीए पनि उक्त रकमले घर निर्माण गर्न नपुग्ने भएको हुँदा  घर निर्माणमा सहयोग गर्नको लागि सहयोगी दाताहरुलाई  अनुरोध गरिएको छ ।