देव दर्शनले गर्यो मातातिर्थमा रहेको वृद्धा आश्रमको दर्शन ।


काठमाण्डौं ।
देव दर्शन वचत तथा ऋण सहकारी संस्था लिले मातातिर्थमा रहेको वृद्धा आश्रममा खाद्य समाग्री हस्तान्तरण गरेको छ । संस्थाले आफ्नो नवौं वार्षिक उपलक्ष्य पारि मातातिर्थमा रहेको वृद्धा आश्रमलाई करिव १५ हजार वरावरको खाद्य समाग्री हस्तान्तरण गरेको हो । संस्थाको अध्यक्ष रामनारायण घिमिरे उपाध्यक्ष वेलीमायाँ घले र सस्थाको व्यवस्थापक प्रविन सिलवालले संयुक्त रुपमा हस्ताणतरण गरेका हुन् । देव दर्शन वचत तथा ऋण सहकारी संस्था लि कार्यकारी अध्यक्ष रामनारायण घिमिरेले सेवानै धर्म भएको र समाजिक उत्तरदायित्व अन्र्तगत आफुहरुले नजिकैको आश्रममा सेवा गर्नु पाउँनु निकैनै सराहनीय कार्य भएको वताए । सस्थाका उपाध्यक्ष वेलीमायाँ घलेले दान धर्म मानविय सेवाको अनुपम रुप भएका कारण पनि आफुहरुले विद्धाआश्रम जस्तो पवित्र स्थानमा आएर १ महिनालाई पुग्ने खाद्य समाग्री हस्तान्तरण गरिएको वताइन । संस्थाले स्थापना दिवसको अवसरपारी वृहत्त रक्तदान कार्यक्रम समेत समपन्न गरिसकेको छ भने दोश्रो देव दर्शन कप व्याडमिन्टन प्रतियोगिता जारी रहेको छ । देव दर्शन वचत तथा ऋण सहकारी संस्थाको स्थापन २०६४ साल असार ६ गते भएको थियो । उक्त संस्थाले छोटो समयमै यस वर्ष राजधानीकै उत्कृष्ठ राष्ट्रिय सहकारी पुरस्कारवाट समेत सम्मानित भईसेको छ ।