मातातिर्थ वृद्धाश्रममा एकिकृत सामाजिक विकास तथा अनुसन्धान परिषद्को सहयोग


एकिकृत सामाजिक विकास तथा अनुसन्धान परिषद्ले मातातिर्थ वृद्धाश्रममा बस्दै आएका वृद्धालाई न्यानो कपडा वितरण गरेको छ । सामाजिक सेवा कार्यक्रम अन्तर्गत मातातिर्थमा वस्दै आएका २३ जना बृद्धालाई न्यानो कपडा उपलब्ध गराएको परिषद्का परियोजना संयोजक दिलिप कुमार महर्जनले जानकारी दिनुभयो ।

परिषद्का उपाध्यक्ष माधब दर्लामी मगरको नेतृत्वमा बृद्धा श्रममा पुगी लत्ताकपडा बितरण गरीएको हो । यसैगरी काठमाडौं स्थित गोलढुगाँमा बस्दै आएका १३ जना नेत्रहिन बालबालीकालाई खाद्यान्न बितरण गरीएको संयोजक महर्जनले बताए ।


Comments

comments