दोश्रो संस्करणको नैकाप गोल्डकप- आज फाइनल खेल हुदै

चन्द्रागिरि ।

दोश्रो संस्करणको नैकाप गोल्डकपको उपाधी छिनोफानो आज हुँदैछ । उपाधीका लागि कलंकी युनाइटेड क्लब र ढुङ्गेअड्डा युनेस्को क्लब भिड्नेछन् ।  चन्द्रागिरि नगरपालिका १४ नैकाप स्थित खेलमैदान हुने फाइनल विजेताले नगद रू. २ लाख २५ हजार प्राप्त गर्नेछ भने उपविजेताले १ लाख २५ हजार हात पार्नेछ । त्यस्तै उत्कृष्ठ खेलाडी, उच्च गोलकर्ता, उत्कृष्ठ गोलरक्षकर उत्कृष्ठ प्रशिक्षकले जनही नगद रू १०-१० हजार प्राप्त गर्नेछन् । सेमिफाइनलमा पराजित दुवै टोलीले १५-१५ हजार रूपैँया प्राप्त गर्नेछन् ।