फ्रेण्डस् चन्द्रागिरी गोल्डकपको फाइनलमा

चन्द्रागिरी,
फ्रेण्डस् क्लब राजधानीमा जारी प्रथम चन्द्रागिरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ ।

चन्द्रागिरी नगरपालिकाको नैकाप मैदानमा आज भएको सेमिफाइनलमा संकटा क्लबलाइ फ्रेन्डस क्लब १–० ले हराउँदै अन्तिम दुई मा पुगेको हो ।

७४ औं मिनेट सियुङले फ्रिकिकमार्फत गरेको गाेल नै खेलको निर्णय बनेको थियो ।

नेपाल जनरल मार्केट (हिरो) को मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित ५ लाख र दास्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार पाउनेछन् । फाइनल मंसिर ५ गते हुनेछ ।