वेस्ट काठमाडौँ नैकाप र लकश साकोस,बल्खु,नैकाप गोल्डकपको अन्तिम ८ मा पुग्न सफल भएका छन् |

चन्द्रागिरि,

आज भएको पहिलो खेलमा वेस्ट काठमाडौँ एफ. सी. नैकाप द्वारा महालक्ष्मी युथ क्लब,बलम्बु ३:० गोल अन्तरले पराजित भयो |
वेस्ट काठमाडौँका लागि बिक्रम लामा ,लक्ष्मन गुरुङ र सुरज नगरकोटीले एक एक गोल गरे|
म्यान एफ द म्याच वेस्ट काठमाडौँका बिक्रम लामा घोषित भए |
दोश्रो खेलमा लकश साकोस,बल्खु ५:० गोल अन्तरले इन्द्रायणी तरुण क्लब धादिंग माथि बिजयी रह्यो | निकैनै प्रतिश्प्रधात्मक रुपमा खेल चल्दै गर्दा इन्द्रायणी तरुण क्लब धादिंगका गोलकीप्पर किरण तुलाधर दोहोरो पहेलो कार्डबाट बाहिरिनु परेपछि खेलमा लकश साकोस,बल्खुले दब्दबाब बनायो | बिजयी टोलि लकश साकोस,बल्खुका लागि म्यान एफ द म्याच बिबेक राइले ह्याट्रिक गरे भने अनिल चौधरी र बिशाल तामांगले एक एक गोल गरे |