नमुना वस्ती सुधार समिति सतुंगलको स्वागत तथा सम्मान कायर्क्रम

चन्द्रागिरि ।

नमुना वस्ती सुधार समिति चन्द्रागिरि नगरपालिका वडा नं. १० सतुंगलले आज नगरका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान कायर्क्रम आयोजना गरेको छ | कार्यक्रममा चन्द्रागिरि नगर प्रमुख घनश्याम गिरी, नगर उपप्रमुख लिसा नकर्मी, वडा न १० का वडा अध्यक्ष गोपाल कृष्ण महर्जन,  चन्द्रागिरि ११ वडा अध्यक्ष हरिभक्त महर्जन वडा ८ का अध्यक्ष सन्तोस खड्काको व्यापक सहभागिता थियो | कार्यक्रममा बोल्दै नगर प्रमख घनश्याम गिरीले जनताको सहभागितामा नगरपालिकाको पयर्टन, सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, सूचनामा जनताको पहुँचका विषयलार्इ नगरपालिकाले सम्बोधन गर्दै जाने कुरा व्यक्त गर्दै गरेका थिए ।