सतुंगल चोकदेखी वडा कार्यालयसम्मको सडक कालोपत्रे भैरहेको छ।

चन्द्रागिरि ।

चन्द्रागिरि नगरपालिकास्थित सतुंगलचोकबाट १० र ११ नं. वडा कार्यालयसम्म पुग्ने सडक कालोपत्रे भैरहेको छ ।अबको ५ दिन पछि गाडी गुडाउने गरी कालोपत्रे गर्ने काम तिब्र गतिमा भैरहेको र सडक कालोपत्रेका लागि अावश्यक निर्माण सामाग्रीको व्यवस्थापन भइरहेको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष जीवन महर्जनले चन्द्रागिरिन्यूज लार्इ जानकारी दिए । सडक अवरूद्ध हुँदा राजधानी यातायात लगायत अन्य सवारी साधनहरू वैकल्पिक मार्गका रूपमा बोसिँगाउँ मातातीर्थ सडक प्रयोग् गरिरहेका छन् ।