चन्द्रागिरीमा हिउँ पर्यो


आज मुलुकभरको मौसम बदली भएको छ । देशको उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको छ । काठमाडौको चन्द्रागिरी लगायतका स्थानमा हिमपात भएको छ । कर्णलीका हुम्ला जुम्ला लगायतका स्थानमा पनि हिमपात भएको छ । पश्चिमी वायुका कारण मौसम बदली भई पानी तथा हिमपात भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

काठमाडौंमा अहिले पानी परिरहेको छ । शुक्रबार (आज)  काठमाडौं सहित पूर्वका धेरै ठाउँमा दिनभरी नै पानी पर्नेछ भने पश्चिममा पनि मौसम खुल्ने संभावना नरहेको मौसमविज्ञान विभागले जनाएको छ ।


Comments

comments