चन्द्रागिरीमा हिउँ पर्यो (फोटोफिचर)

आज मुलुकभरको मौसम बदली भएको छ । देशको उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको छ । काठमाडौको चन्द्रागिरी लगायतका स्थानमा हिमपात भएको छ । कर्णलीका हुम्ला जुम्ला लगायतका स्थानमा पनि हिमपात भएको छ । पश्चिमी वायुका कारण मौसम बदली भई पानी तथा हिमपात भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

काठमाडौंमा अहिले पानी परिरहेको छ ।  बुधबार (आज)  काठमाडौं सहित पूर्वका धेरै ठाउँमा दिनभरी नै पानी पर्नेछ भने पश्चिममा पनि मौसम खुल्ने संभावना नरहेको मौसमविज्ञान विभागले जनाएको छ । बुधबार रातिदेखि यो प्रणाली कमजोर भएपछि बिहीबार देशभरी कै मौसम सुधार हुनेछ ।

यो वर्षको हिउँदमा देशका सबै क्षेत्रमा पानी परेको यो पहिलो पटक हो । लगातार र ठूलो पानी नपरे पनि मध्यमस्तरको पानी पर्ने र रोकिने क्रम जारी हुने मौसमविदले बताएका छन् ।पानीसँगै उच्च पहाडी र हिमाली क्षेत्रमा हिउँ पनि परेकाले पानी पर्न रोकिएपछि देशभर चिसो बढ्नेछ ।

तस्बिर:- चन्द्रागिरी हिल्स प्रा. लि