चन्द्रागिरी हिल्समा रोमियो र मुना

चन्द्रागिरी, दिपेन्द्र घिमिरे ।

फिल्म ‘रोमियो एण्ड मुना’ ले चन्द्रागिरी हिल्स पुगेर प्रेसमिट गरेको छ । विनय श्रेष्ठ र सृष्टि श्रेष्ठको साथमा निर्देशक नरेशकुमार केसी र निर्माता प्रशन्न गोपालीलाई मेयर घनश्याम गिरीले स्वागत गरेका थिए । उनले चाँडै नै चन्द्रागिरीमा फिल्म हल बनाइने समेत आश्वसन दिए । रोमियो एण्ड मुना टिम केबुलकार चढेर भालेश्वर मन्दिरसम्म पुगेको थियो । प्रेसमिटमा टिमले साउन ११ बाट फिल्म रोमियो एण्ड मुना हेर्न आग्रह गरे ।

फिल्ममा विनय श्रेष्ठ, सृष्ट्रि श्रेष्ठ, सुस्मा कार्की, प्रज्जवल सुजल गिरी, सुरक्षा पन्त लगायतको अभिनय रहेको छ । निर्देशक नरेश कुमार केसी कै पटकथा रहेको फिल्ममा संवाद निरोज महर्जनको रहेको छ । फिल्म निर्माणमा विनय र प्रशन्नसँग राम शर्मा र कविन शाक्यले सहकार्य गरेका छन् ।