थानकोट कुङ्ग-फु ब्रान्चको आयोजनामा माघ १७ र १८ गते दोस्रो राष्ट्रिय कुङ्ग-फु प्रतियोगिता हुने।

थानकोट कुङ्ग-फु ब्रान्चको आयोजनामा माघ १७ र १८ गते दोस्रो राष्ट्रिय कुङ्ग-फु प्रतियोगिता थानकोटमा हुनेभएको छ। थानकोट कुङ्ग-फु ब्रान्चले एक अन्तरक्रिया कार्यक्रम गरी उक्त प्रतियोगिताको बारेमा जानकारी गराएका हुन ।

थानकोटका बौद्धिक व्यक्तित्व तथा स्थानीय संघसंस्थाहरुको उपस्थितिमा उक्त प्रतियोगिताको औचित्य र त्यसको व्यवस्थापनका बारेमा अन्तरक्रिया आयोजना गरेको अध्यक्ष कविन्द्र गोपालीले बताउनु भयो ।

Visit Nepal 2020 को शुभ अवसरका साथ शुरु हुन लागेको राष्ट्रिय कङ्ग–फु प्रतियोगितामा देश भरका तथा विभिन्न क्लबहरुको सहभागिता रहने, सो कार्यक्रममा जानकारी गराएका थिए ।