थानकोट जंगलमा युवती मृत्त फेला, पहिचान हुन बाँकी


चन्द्रागिरि ।

चन्द्रागिरि नगरपालिका ४ स्थित नाटोखेल लिगलिके पाखाको सामुदायिक वनमा युवतीको शव फेला परेको छ, करिब ३० वर्षिया युवतीको शव फेला परेको प्रहरीले जनाएको छ ।

जंगलमा शव देखेपछि स्थानीयबासीले खबर गरेपछि महानगरीय वृत्त थानकोटको प्रहरी टोली घनटनस्थल पुगेको थियो । मृत अवस्थामा फेला परेकी युवतीको नाम थर खुल्न नसेको प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टमको लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको र थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।